नेभिगेशन
मुख्य समाचार

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहद्वारा आज पनि सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । 

जेनजीको भावना विपरित सरकार अघि बढ्न खोजेकाले प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने माग राख्दै उनीहरुले मंगलबार पनि काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

CG

प्रदर्शनमा सहभागीहरुले जेनजीका माग पुरा गर, जेनजीको माग चुनाव होइन, सुशासन हो, लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रशासनको अनुमतिबिना प्रदर्शन भएपछि प्रहरीले रोक्न खोजेपनि उनीहरुले प्रदर्शन गरेका थिए ।

वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढेकाले सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरुको माग छ । जनतामा राज्यप्रतिको भरोसा कमजोर हुँदै गएकाले युवाहरुलाई एकीकृत गर्दै नयाँ आन्दोलन सुरु गरिएको उनीहरुले जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...
भदौ २३ नरसंहारका जिम्मेवार काङ्ग्रेस एमाले बर्चस्वको संसद पुनर्स्थापना हुँदैनः उपसभापति स्वर्णिम वाग्ले

भदौ २३ नरसंहारका जिम्मेवार काङ्ग्रेस एमाले बर्चस्वको संसद पुनर्स्थापना हुँदैनः उपसभापति स्वर्णिम वाग्ले

‘भदौ २३ गतेको नरसंहारका लागि जिम्मेवार एमाले काङ्ग्रेस सरकार र तिनै दुई दलको वर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत सकिएकाले त्यसको पुनर्स्थापना हुँदैन,’ वाग्लेले भनेका छन्, ‘फागुन २१...
पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान सकिदैनः एमाले

पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान सकिदैनः एमाले

मंगलबार पार्टी कार्यालय च्यासलमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिसंगको छलफलका क्रममा एमालेले नेताहरुलाई स्थानहद तोक्ने र राजनीतिक गतिविधिमा अवरोध गर्ने कार्यले निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको...

भर्खरै