नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीलाई प्रश्न : कुर्सी जोगाउन भ्रष्ट्राचारको फाइल खोलेको नाटक गरिएको हो ?

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितानिवास, भुटानी शरणार्थी लगायतको फाइल खोलिनु पद तथा कुर्सी जोगाउनका लागि नभएको बताएका छन् । मंगलबार संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

प्रश्नोत्तरका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले ‘पद जोगाउन बिभिन्न प्रकरणको फाइल खोजस्तो गर्ने र पदमा टिकिरहहने नियत हो ?’ भनी प्रश्न गरेका थिए । उनले कांग्रेसलाई चुप गराउन भुटानी शरणार्थीको फाइल खोल्ने, समाजवादीलाई चुप गराउन वालुवाटारको फाइल खोल्ने, एमालेलाई चुप गराउन गिरिबन्धुको फाइल खोल्ने तर कारवाही भने नगरिएकोबारे प्रश्न गरेका थिए । सो क्रममा उनले फाइलको नाटक प्रधानमन्त्रीले आफ्नो कुर्सी जोगाउने अस्त्रको रुपमा प्रयोग गरेको आशय व्यक्त गरेका थिए ।

City Express


प्रधानमन्त्री प्रचण्डले त्यसको जवाफ दिदै पद र भ्रष्ट्रचारका फाइलको कुनै सम्बन्ध नभएको बताए । उनले भने ‘कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम गरेका छैन ।’ ‘यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन मेरो पार्टीको त के कुरा ।’ 

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमा संलग्न भएको तथ्य र प्रमाण भटिए कसैलाई नछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...