नेभिगेशन
मुख्य समाचार

चोरीको ६५ लाख नगद सहित दाङबाट एक जना पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो ।

CG

केसी सोमबार राति मात्र काठमाडौँबाट घर फर्किएका हुन् । उनले चोरी गरिरहेको सिसिटिभी फुटेज कैदका आधारमा उनको घरमा खोजतलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

काठमाडौँको विशालनगरमा रहेको डिसहोम फाइबरनेटका सञ्चालकको घरबाट चोरी गरिरहेको सिसिटिभी फुटेज प्रहरीलाई प्राप्त भएपछि प्रहरीले निजको घर यकिन गरी रातभर निगरानी गरेको थियो ।

केसीलाई मंगलबार सो रकमसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका केसीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मोहना अन्सारी रास्वपाको समानुपातिक बन्द सूचीमा

मोहना अन्सारी रास्वपाको समानुपातिक बन्द सूचीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारको सूूचीमा मोहना अन्सारी पनि परेकी छिन् । उनी मुस्लिम महिला क्लस्टरको दोस्रो नम्बरमा छिन् । उनी अधिकारकर्मीका रुपमा परिचित छिन् ।
निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता भइसकेका छन्ः प्रहरी महानिरीक्षक कार्की

जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता भइसकेका छन्ः प्रहरी महानिरीक्षक कार्की

मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका थौरै हतियारमात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको...
सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम छः संयोजक दाहाल

सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम छः संयोजक दाहाल

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेकाहरुलाई वद्नाम गर्दै सामाजिक...