नेभिगेशन
समाज

चोरीको ६५ लाख नगद सहित दाङबाट एक जना पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो ।

Ncell
Extreme Energy

केसी सोमबार राति मात्र काठमाडौँबाट घर फर्किएका हुन् । उनले चोरी गरिरहेको सिसिटिभी फुटेज कैदका आधारमा उनको घरमा खोजतलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

काठमाडौँको विशालनगरमा रहेको डिसहोम फाइबरनेटका सञ्चालकको घरबाट चोरी गरिरहेको सिसिटिभी फुटेज प्रहरीलाई प्राप्त भएपछि प्रहरीले निजको घर यकिन गरी रातभर निगरानी गरेको थियो ।

केसीलाई मंगलबार सो रकमसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका केसीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...
आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

नेपाली सेनाले आज दिनभरमा बाढी प्रभावित क्षेत्रबाट १०९ जनाको उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार आज एक जर्मन नागरिक सहित १०९ जनाको हवाई उद्धार गरिएको हो ।