नेभिगेशन
समाज

गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा...

गण्डकी । गायक तथा अभिनेता प्रकाश सपुत शनिबार साँझ आफ्नो जन्मथलो बागलुङका दर्शकमाझ प्रस्तुत भए । बागलुङ महोत्सवको क्रममा उनलाई बागलुङ उद्योग वाणिज्य सङ्घले मञ्चमा उभ्याएको हो । सप्तान्हतको साँझ गीतसङ्गीतप्रेमी दर्शक सपुतका गीतमा झुमे, रमाए । डेढ घण्टा बढी प्रस्तुती दिएका गायक सपुतले आफ्ना चर्चित गीत ‘बोलमाया’ देखि ‘गलबन्दी’ सम्म प्रस्तुत गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नमस्कार’ बोलको गीतसँगै मञ्चमा देखा पर्नुभएका उनले ‘दोहोरी ब्याटल’सँगै आफ्नो प्रस्तुतिको मैजारो गरे । छिपिँदो रातसम्म सपुतलाई दर्शकले साथ दिए । दुई वर्षपछि उहाँले आफ्नो गृहथलोमा प्रस्तुति दिएका हुन् । सपतुले ‘पिर...’, ‘फूलमाया...’, ‘मेरो पनि होइन र...’ लगायत गीत सुनाउनुभयो । सपुतले आफूद्वारा अभिनित चलचित्रका गीतसमेत गाएका थिए । उनको गायन र प्रस्तुतिमा दर्शक मन्त्रमुग्ध देखिन्थे ।

Ncell
Extreme Energy

स्वस्थ मनोरञ्जनदेखि सामाजिक विषयवस्तुका गीत सृजनामा पारङ्गत सपुतले आफ्नो साङ्गीतिक सफलताको श्रेय बागलुङलाई जाने बताए। उनले बागलुङको परिवेश, हावापानी, संस्कार र संस्कृति नै आफ्ना सृजनाको स्रोत रहेको उल्लेख गरे । उनको प्रस्तुति सुन्न प्रौढदेखि बालबालिकासम्म महोत्सवस्थल पुगेका थिए ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिनुएका सपुत गायन र अभिनय कलामा पोख्त छन् । उनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ गत वर्ष प्रदर्शनमा आएको थियो । उनले ‘पूर्णबहादुरको सारङ्गी’, हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ लगायत चलचित्रमा अभिनय गरेका छन् । 
 सपुतसँगै शनिबार गायक कुमार पुन, गायिका टीका पुनलगायतका कलाकारले महोत्सवमा प्रस्तुति दिएका थिए । 

यही पुस ११ गतदेखि सुरु भएको महोत्सव सोमबारसम्म सञ्चालन हुनेछ । महोत्सवका अवधिभर विभिन्न कलाकारहरूको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका संयोजक एवं बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताए । महोत्सवमा खुला प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पञचेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैँटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । 

महोत्सवमा फोटो प्रदर्शनी, सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवद्र्धन, सुन्तला, माछाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जडीबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष रहेको अध्यक्ष शाक्यले बताए । 

आठ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको सङ्घका पूर्वअध्यक्ष एवं सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलले बताए । महोत्सवको प्रतिटिकटबाट रु १० मानवसेवा आश्रम बागलुङलाई सहयोग गरिने भएको छ । टिकटबाट उठेको रकमबाट नेपाल पत्रकार महासङ्घ बागलुङको संस्थागत विकास र जिल्लाको खेलकुद विकासमा सहयोग गरिने जनाइएको छ ।

महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोसेली घर सञ्चालन आदिमा खर्च गरिने जनाइएको छ । महोत्सवमा रु दुई करोड २० लाख आम्दानी हुने र रु एक करोड ७० लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सवमा दुई सय बढी व्यावसायिक ‘स्टल’ रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने...
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली हाल...