नेभिगेशन
समाज

रवि लामिछानेले सञ्चालनमा ल्याएकाे ब्लु बस' बन्द भएको छैनः रास्वपा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले क्षेत्र नम्बर २ मा सञ्चालनमा रहेको 'ब्लु बस' सेवा बन्द नभएको बताएको छ । ब्लुबस बन्द भएको भन्दै समाचार सार्वजनिक भएपछि खण्डन गर्दै रास्वपा चितवनले बस मर्मतका लागि केही दिन रोकिएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा चितवनका सभापति कृष्ण प्रसाद भुसालले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै 'ब्लु बस' सेवा बन्द नभई मर्मतका लागि केही दिन रोकिएको स्पष्ट पारे । 

Ncell
Extreme Energy

मर्मत कार्य सम्पन्न गरी आगामी दुई दिनभित्रै बस पुनः सञ्चालनमा ल्याइने उनले बताएका छन् । विज्ञप्तिमा भनिएको छ, 'रास्वपा सभापति प्रतिनिधि सभा निर्वाचन २०७९ मा अत्यधिक मत ल्याएर निर्वाचित भए सँगै विशेष गरी महिलाहरूका लागि सञ्चालनमा ल्याइएको ब्लु बस केही दिनदेखि मर्मत सम्भारको लागि राखिएको थियो र अब एक दुई दिनमा नै मर्मत पश्चात् पुनः सञ्चालनमा ल्याइने ब्यहोराको जानकारी सम्पूर्णमा गर्न चाहन्छौँ ।'

सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरूलाई सहज र निःशुल्क यातायात सेवा प्रदान गर्ने उद्देश्यले यो बस सञ्चालनमा ल्याएका थिए ।

blue-bus-1767499621.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

युएनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने– सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैली फेरौँ

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने...
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली हाल...