नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेले सञ्चालनमा ल्याएकाे ब्लु बस' बन्द भएको छैनः रास्वपा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले क्षेत्र नम्बर २ मा सञ्चालनमा रहेको 'ब्लु बस' सेवा बन्द नभएको बताएको छ । ब्लुबस बन्द भएको भन्दै समाचार सार्वजनिक भएपछि खण्डन गर्दै रास्वपा चितवनले बस मर्मतका लागि केही दिन रोकिएको जनाएको छ ।

रास्वपा चितवनका सभापति कृष्ण प्रसाद भुसालले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै 'ब्लु बस' सेवा बन्द नभई मर्मतका लागि केही दिन रोकिएको स्पष्ट पारे । 

CG

मर्मत कार्य सम्पन्न गरी आगामी दुई दिनभित्रै बस पुनः सञ्चालनमा ल्याइने उनले बताएका छन् । विज्ञप्तिमा भनिएको छ, 'रास्वपा सभापति प्रतिनिधि सभा निर्वाचन २०७९ मा अत्यधिक मत ल्याएर निर्वाचित भए सँगै विशेष गरी महिलाहरूका लागि सञ्चालनमा ल्याइएको ब्लु बस केही दिनदेखि मर्मत सम्भारको लागि राखिएको थियो र अब एक दुई दिनमा नै मर्मत पश्चात् पुनः सञ्चालनमा ल्याइने ब्यहोराको जानकारी सम्पूर्णमा गर्न चाहन्छौँ ।'

सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरूलाई सहज र निःशुल्क यातायात सेवा प्रदान गर्ने उद्देश्यले यो बस सञ्चालनमा ल्याएका थिए ।

blue-bus-1767499621.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
तिनिधिसभा निर्वाचन ५९ दिन बाँकीः आयोगले तोक्यो निर्वाचन अधिकृत

तिनिधिसभा निर्वाचन ५९ दिन बाँकीः आयोगले तोक्यो निर्वाचन अधिकृत

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय...
बालेन अब रास्वपाका वरिष्ठ नेता

बालेन अब रास्वपाका वरिष्ठ नेता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वरिष्ठ नेताका रुपमा मनोनित भएका छन् । रास्वपाको आज बसेको बैठकले शाहलाई आमन्त्रित सदस्य सहित वरिष्ठ नेताकारुपमा मनोनित गरेको...