नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई आइतबार थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेटेर थारू राष्ट्रिय माघी महोत्सवको निम्तो दिएको छ ।

महोत्सवको मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई आगामी माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन ।

CG

अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गर्दै निजामती सेवामा आफूहरुको आरक्षणको विषय सुनिश्चित गर्न माग गरे । प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राखेका थिए ।

उनले भने, “संविधानले दिएको अधिकार कसले र किन रोक्यो ? यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन । म यसप्रति चिन्तित छु । संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
तिनिधिसभा निर्वाचन ५९ दिन बाँकीः आयोगले तोक्यो निर्वाचन अधिकृत

तिनिधिसभा निर्वाचन ५९ दिन बाँकीः आयोगले तोक्यो निर्वाचन अधिकृत

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय...
बालेन अब रास्वपाका वरिष्ठ नेता

बालेन अब रास्वपाका वरिष्ठ नेता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वरिष्ठ नेताका रुपमा मनोनित भएका छन् । रास्वपाको आज बसेको बैठकले शाहलाई आमन्त्रित सदस्य सहित वरिष्ठ नेताकारुपमा मनोनित गरेको...