नेभिगेशन
सबै कुरा

स्वर्ण पदक विजेता गुरुङको सम्मान

काठमाडौँ : काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद रु २५ हजारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई रु २५ हजार नगद र प्रमाणपत्र प्रदान गरे । 

Ncell
Extreme Energy

कराँते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।उनले भने, “उहाँले खेलकुदमार्फत पालिकाको नाम राख्न सफल हुनुभएको छ । खेलाडीलाई प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरेका हौँ ।”

सम्मानित भएपछि गुरुङले यसले आफूलाई प्रेरणा मिलेको बताए । गुरुङले ४५ केजीमुनिको समूहमा बङ्गलादेशकी अर्पा सलिहालाई हराउँदै स्वर्ण पदक जितेकी थिइन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

नेपालको निःशुल्क खेलकुद पूर्वानुमान एप ‘खेलो’ले आफ्नो पहिलो गेमवीकका विजेता घोषणा गरेको छ। ५४ अंकमा बराबरी भएपछि टाइब्रेक नियमका आधारमा किसन कोइराला पहिलो गेमवीक च्याम्पियन बनेका हुन्।
एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए ।
रवीन्द्र ढाँटको जितले दिएको आशा

रवीन्द्र ढाँटको जितले दिएको आशा

‘नेपाल बाढीपहिरोले पीडामा छ। कृपया आ–आफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला।’
करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।

भर्खरै