नेभिगेशन
मुख्य समाचार

दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्नुपर्नेः उपमहासचिव महासेठ

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरुलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् ।

आइतबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उपमहासचिव महासेठले चुनावी सरकारमा गएका मन्त्रीहरु आफ्नो नैतिकताविपरीत राजनीतिक क्रियाकपालमा सक्रिय रहेकाले राजीनामा दिनुपर्ने र राजीनामा नआए प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका हुन ।

CG

पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरुले राजीनामा दिएर चूनावी मैदानमा आउनुपर्ने उनले बताएका हुन । महासेठले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने वातावरण सरकारले बनाउन नसकेको आरोप समेत लगाए ।

सरकार आफैँ निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै महासेठले निर्वाचन हुने वातावरण बने एमाले नभाग्ने स्पष्ट पारे । उनले जेनजी आन्दोलनका क्रममा लुटिएका हजारौ हतियार र भागेका कैदिहरु फिर्ता हुन नसकेको अवस्थामा भयरहित र निष्पक्ष चूनाव हुनेमा आशंका रहेको धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
तिनिधिसभा निर्वाचन ५९ दिन बाँकीः आयोगले तोक्यो निर्वाचन अधिकृत

तिनिधिसभा निर्वाचन ५९ दिन बाँकीः आयोगले तोक्यो निर्वाचन अधिकृत

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय...
बालेन अब रास्वपाका वरिष्ठ नेता

बालेन अब रास्वपाका वरिष्ठ नेता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वरिष्ठ नेताका रुपमा मनोनित भएका छन् । रास्वपाको आज बसेको बैठकले शाहलाई आमन्त्रित सदस्य सहित वरिष्ठ नेताकारुपमा मनोनित गरेको...