नेभिगेशन
समाज

सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको होः उपमहासचिव भट्टराई

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रेस चौतारी ताप्लेजुङले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव भट्टराईले यसअघि निर्वाचन हुने र नहुने र पार्टी सहभागी हुने र नहुने अन्योल रहेकामा सरकारसँगको छलफलपछि निर्वाचनमा जाने निर्णय गरिएको जानकारी दिए । निर्वाचन प्रक्रिया सुरु भइसकेको जनाउँदै उनले राजनीतिक दलहरूले समानुपातिक बन्दसूची पनि बुझाइसकेकाले निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए ।

Ncell
Extreme Energy

गत भदौ २३ र २४ गतेका घटनापछि सुरक्षा निकायको मनोबल घटेको, हजारौँ कैदीबन्दी फरार रहेका र हतियार लुटिएका विषयमा पार्टीले गम्भीर चासो व्यक्त गरेको उपमहासचिव भट्टराईको भनाइ छ । सरकारले यी विषयमा संवेदनशील रहेको प्रतिक्रिया दिएपछि नेकपा एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको उनले बताए । यो निर्वाचन विगतका निर्वाचनभन्दा भिन्न हुनुका साथै लोकतन्त्र तथा संविधानको पुनःस्थापनाका लागि निर्णायक हुने उपमहासचिव भट्टराईले धारणा व्यक्त गरेका थिए ।

उनले लोकतन्त्रलाई जोगाउनु अहिलेको प्रमुख चुनौती भएकाले सबै राजनीतिक दलबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । अन्तरराष्ट्रिय परिवेशमा हालै मात्र भेनेजुयला, युक्रेन, पूर्वी एसिया, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा देखिएको तनावको असर नेपालमा पनि पर्न सक्ने भन्दै उहाँले राष्ट्रिय एकताको आवश्यकता औँल्याए । गत भदौ २३ गते सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ताको माग गर्दै भएको नवयुवा आन्दोलनका माग जायज रहेका भन्दै उपमहासचिव भट्टराईले यसमा एमालेको कुनै विपत्ति नरहेको स्पष्ट पारे ।

यसैबीच, ताप्लेजुङको जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । उपमहासचिव भट्टराईले पार्टीले सर्वसम्मत रूपमा एक जना उम्मेदवार चयन गर्ने र जो उम्मेदवार भए पनि एमालेको जीत सुनिश्चित गर्न एकजुट हुनुपर्नेमा जोड दिए । शनिबार बसेको एमाले ताप्लेजुङको बैठकले योगेशकुमार भट्टराई, तिलकुमार मेन्याङ्बो, क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भीमादेवी ओझासहित पाँच जनाको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने– वैदेशिक रोजगारीमा बिचौलिया र सिन्डिकेट हटाऔं

प्रधानमन्त्री बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने– वैदेशिक रोजगारीमा बिचौलिया र सिन्डिकेट हटाऔं

प्रधानमन्त्री बालेन शाहले मलेसियामा नेपालीहरुको रोजगारीमा व्याप्त बिचौलिया र सिन्डिकेट हटाउन आग्रह गरेका छन् ।
नसुध्रेका दुई पात्रः  देउवा र ओली

नसुध्रेका दुई पात्रः देउवा र ओली

ओली र देउवाले देश, जनता र आफ्ना कार्यकर्ताबाट पाउन अब बाँकी छैन । पटक पटक प्रधानमन्त्री, पटक पटक पार्टीको नेतृत्व । पार्टीका कार्यकर्ता र देशबाटै यति धेरै अवसर...
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।