नेभिगेशन
समाज

अर्काको धर्ममा खलल पुराउनेलाई कारवाही गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले अर्काको धर्ममा खलल पुराउनेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृह मन्त्रालयमा आइतबार बसेको बैठकले मधेश प्रदेशमा देखिएको धार्मिक घटनाक्रमको समीक्षा गर्दै अर्काको धर्ममा खलल पुराउनेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्ने र धार्मिक सद्भाव र सहिष्णुता बढाउनका लागि प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

Ncell
Extreme Energy

मधेका जिल्लामा धार्मिक सद्भाव र सहिष्णुता बढाउनको लागि स्थानीय प्रशासनहरूले समन्वयात्मक रूपमा प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने र स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि अनुरोध गरिएको उनले बताए । त्यसैगरि निर्वाचनका सन्दर्भमा भइरहेको तयारीका बारेमा पनि सुरक्षा निकायसंग जानकारी लिइएको प्रवक्त काफ्लेले जानकारी दिए ।

उनले फरार कैदीबन्दी खोजि अभियानलाई वडा तहमा पुगेर पनि थप प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्छ भन्ने विषयमा छलफल भएको बताए । उनले सोमबार राष्ट्रिय मानवअधिकार आयोग लगाएतका संवैधानिक आयोगहरुसंग सुरक्षा निकायसहित छलफल गर्ने तय भएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।