नेभिगेशन
मुख्य समाचार

अर्काको धर्ममा खलल पुराउनेलाई कारवाही गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले अर्काको धर्ममा खलल पुराउनेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयमा आइतबार बसेको बैठकले मधेश प्रदेशमा देखिएको धार्मिक घटनाक्रमको समीक्षा गर्दै अर्काको धर्ममा खलल पुराउनेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्ने र धार्मिक सद्भाव र सहिष्णुता बढाउनका लागि प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

CG

मधेका जिल्लामा धार्मिक सद्भाव र सहिष्णुता बढाउनको लागि स्थानीय प्रशासनहरूले समन्वयात्मक रूपमा प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने र स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि अनुरोध गरिएको उनले बताए । त्यसैगरि निर्वाचनका सन्दर्भमा भइरहेको तयारीका बारेमा पनि सुरक्षा निकायसंग जानकारी लिइएको प्रवक्त काफ्लेले जानकारी दिए ।

उनले फरार कैदीबन्दी खोजि अभियानलाई वडा तहमा पुगेर पनि थप प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्छ भन्ने विषयमा छलफल भएको बताए । उनले सोमबार राष्ट्रिय मानवअधिकार आयोग लगाएतका संवैधानिक आयोगहरुसंग सुरक्षा निकायसहित छलफल गर्ने तय भएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ...
वीरगञ्जमा निषेधाज्ञा जारी, उलङ्घन गरिए कानुनी कारबाही गरिने

वीरगञ्जमा निषेधाज्ञा जारी, उलङ्घन गरिए कानुनी कारबाही गरिने

वीरगञ्जमा रहेको मस्जिद तोडफोड, आगजनीलगायतको घटनालाई लिएर आइतबार मुस्लिम समुदाय प्रदर्शनमा उत्रिएका थिए । भने आज हिन्दुको मन्दिर तथा देविदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै  बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका...
यस्ता छन्  मन्त्रिपरिषद् बैठकका ८ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका ८ वटा निर्णयहरू यस्ता छन्:
गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

यही पुस २७ गते काठमाडौँको हनुमानढोका दरबारसम्म पुग्नेगरी आज बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरु भएको हो । पदयात्राको जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका...