नेभिगेशन
मुख्य समाचार

सुनिल लम्साल रास्वपाको महामन्त्रीमा मनोनित, भूपदेव सहमहामन्त्री, सस्मित सहप्रवक्ता

काठमाडौँ । सुनिल लम्साल राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री मनोनित भएका छन् । बालेन समूह रास्वपामा समाहित भएपछि आज बसेको केन्द्रीय समिति बैठकले लम्सालाई महामन्त्रीमा मनोनित गरेको हो । 

अब रास्वपामा दुई जना महामन्त्री बनेका छन् । यसअघि नै कविन्द्र बुर्लाकोट महामन्त्रीका रुपमा थिए । त्यस्तै बालेन समूहबाटै भूपदेव शाह सहमहामन्त्री मनोनीत भएका छन् ।

CG

अब रास्वपामा सहमहामन्त्री पनि २ जना भएका छन् । यस अघि विपिनकुमार आचार्य सहमहामन्त्री रहेका थिए । 

यस्तै बालेन समूहबाटै सस्मित पोखरेल सहप्रवक्ता मनोनित भएका छन् । उनीहरु तीनै जना काठमाडौँ महानगरका मेयर बालेन शाहको सचिवालय समूहमा रहेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ...
वीरगञ्जमा निषेधाज्ञा जारी, उलङ्घन गरिए कानुनी कारबाही गरिने

वीरगञ्जमा निषेधाज्ञा जारी, उलङ्घन गरिए कानुनी कारबाही गरिने

वीरगञ्जमा रहेको मस्जिद तोडफोड, आगजनीलगायतको घटनालाई लिएर आइतबार मुस्लिम समुदाय प्रदर्शनमा उत्रिएका थिए । भने आज हिन्दुको मन्दिर तथा देविदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै  बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका...
यस्ता छन्  मन्त्रिपरिषद् बैठकका ८ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका ८ वटा निर्णयहरू यस्ता छन्:
गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

यही पुस २७ गते काठमाडौँको हनुमानढोका दरबारसम्म पुग्नेगरी आज बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरु भएको हो । पदयात्राको जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका...