नेभिगेशन
समाज

काठमाडौँको तापक्रम घट्यो, देशका अन्य क्षेत्रमा यस्तो ?

काठमाडौँ । काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर सोमबार तीन दशमलव पाँच डिग्रीमा झरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही पुस १९ गते काठमाडौँको तापक्रम ४.५ डिग्री रहेकोमा सोमबार विहान ९ बजे तापक्रम ३.५ डिग्रीमा झरेको छ । हिजो काठमाडौँको तापक्रम ४ डिग्री रहेको थियो । मौसमविद् विनु महर्जनले यो तापक्रम यो वर्षकै कम भएको र तापक्रम यो जनवरी महिनामा क्रमशः घट्दो नै हुने बताए । काठमाडौँसँगै देशका धेरै ठाउँमा तापक्रम घटेको पनि उनले बताए ।

Ncell
Extreme Energy

पुस महिना लागेपछि नै देशभर तापक्रम घट्दो क्रममा रहेकामा सोमबार थप घटेको हो । पुसको पहिलो हप्ताभन्दा दोस्रो र तेस्रो हप्तामा तापक्रम क्रमशः घटेको छ । यही पुस ८ गते काठमाडौँको तापक्रम ४.९ रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो । पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो ।

विभागमा सोमबार अभिलेख गरिएको तापक्रमको विवरण अनुसार देशभरमा सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस ६.३ डिग्री रहेको छ । पुस १९ मा जुम्लामा माइनस ४.९ डिग्री रहेको थियो । दुई दिनको अभिलेख तुलना गर्दा डडेलधुरामा २.७ बाट २.१ डग्रीमा झरेको छ ।  दिपायलमा ६ बाट सोमबार ४.४ मा झरेको छ । वीरेन्द्रनगरमा ५ बाट ३.८ मा, घोराहीमा ८ बाट ५.७ मा पोखरामा ८.५ बाट ७.९ मा, ओखल्ढुङ्गानमा ४.९ बाट ४.३ मा झरेको छ । भने ताप्लेजुङमा, सिमरा र धनकुटामा थोरैमात्रै बढेको छ । देशमा अधिकतम तापक्रम भने २२ डिग्रीभन्दा तल नै रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने जनाएको छ । धेरै ठाउँमा दिउँसोबाट खुल्दै जाने जनाइएको छ । हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात रहेको छ भने ठाउँठाउँमा खोलाहरु समेत जमेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।