नेभिगेशन
समाज

भीमफेदी दुर्घटनाका मृतक छ जनामध्ये पाँच जनाको सनाखत

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये सोमबार बिहानसम्म पाँच जनाको सनाखत भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमो दुर्घटनामा परी मृत्यु हुनेहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा निवासी ४० वर्षीया सबिता लम्साल, हेटौँडा उपमहानगरपालिका–२ कान्तिराजपथ निवासी २९ वर्षीय निखिल अग्रवाल, हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी टोल निवासी ५६ वर्षीय कृष्णप्रसाद फुँयाल, भारतको विहार राज्य बेगुसराई निवासी ५० वर्षीय अरबिन्द कुमार र भारतको विहार राज्य पटना निवासी ४२ वर्षीय रजनिस कुमार छन् ।

Ncell
Extreme Energy

मृतक एक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । सोही दुर्घटनामा परी घाइते भएका सुमो चालक हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोक निवासी ४५ वर्षीय गणेश थापा, मृतक सविताका १२ वर्षीया छोरी अभ्यास लम्सालको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अर्का घाइते रौतहटको चन्द्रपुर नगरपालिका–२ निवासी २१ वर्षीया रिचा चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो गाडी आइतबार साँझ सडकबाट १०० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार छ जनाको मृत्यु भएको थियो । उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा गएराति उपचारका क्रममा छ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।