नेभिगेशन
मुख्य समाचार

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले उक्त प्रतिवेदन पेस गरेका हुन ।

वार्षिक प्रतिवेदनमा सरकारी वकिल कार्यालयबाट सम्बन्धित तहको अदालतमा दायर रहेका मुद्दा, रिट तथा निवेदनमध्ये ७५ हजार १६५ थान फछ्र्यौट भएकामा सरकारको पक्षमा फछ्र्यौट प्रतिशत ६६.३४ रहेको छ । यस आर्थिक वर्षमा देशैभरका अनुसन्धान निकायमा दर्ता भएका नेपाल सरकार वादी भएका मुद्दासँग सम्बन्धित कसुरको सङ्ख्या ५९ हजार ३५५ रहेकामा सरकारी वकिल कार्यालयबाट नेपाल सरकार वादी भई ४२ हजार १०९ थान मुद्दामा ६६ हजार ३८२ जना व्यक्ति उपर मुद्दा चलाउने गरी निर्णय भएको छ ।

CG

त्यस्तै, चार हजार ५४७ थान मुद्दामा  चार हजार ८४१ जना व्यक्तिउपर मुद्दा नचलाउने निर्णय भएको प्रतिवेदनमा छ । त्यसैगरी महान्यायाधिवक्ताको कार्यालय तथा मातहत कार्यालयबाट कुल तीन हजार ७५ प्रतिवादी रहेको दुई हजार ६१२ थान मुद्दामा मिलापत्रको आदेश भएको छ । यस आवमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयहरूसँग ५२ वटा विषयमा कानुनी राय माग भएकामा ४७ वटा विषयमा राय प्रदान गरिएको छ ।

महान्यायाधिवक्ताको कार्यालय र मातहत कार्यालयबाट अदालतमा बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको जम्मा सङ्ख्या एक लाख २७ हजार ४०९ रहेको छ । नेपाल सरकार वादी भएका मुद्दाको सङ्ख्या एक लाख पाँच हजार ३६, नेपाल सरकारउपर दायर भएका रिटको सङ्ख्या १६ हजार ५१४ र अन्य निवेदनको सङ्ख्या पाँच हजार ८५९ रहेको छ । सङ्ख्या गत आर्थिक वर्षको भन्दा ३.९० प्रतिशतले कमी हो ।

नेपालको संविधानको धारा १५९ को उपधारा (१) मा महान्यायाधिवक्ताले प्रत्येक वर्ष संविधान र सङ्घीय कानुनबमोजिम आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रियसभामा तीन सिट लिने गरि अन्य दलसंग सहमति नभएको प्रचण्डको दावी

राष्ट्रियसभामा तीन सिट लिने गरि अन्य दलसंग सहमति नभएको प्रचण्डको दावी

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीन वटा सिट लिने गरि अन्य दलसंग तालमेल गर्ने सहमति नभएको दावी गरेका हुन ।...
मन्त्रिपरिषद्को निर्णयः प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत

मन्त्रिपरिषद्को निर्णयः प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलका अनुसार बैठकले महालेखापरीक्षकको कार्यालय र त्यसअन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । सरकारले ऐक्यबद्धताका रूपमा ‘आप्रवासनका लागि अन्तरराष्ट्रिय सङ्गठन (आइओएम)...
निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल

निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल

मंगलबार गृहमन्त्री अर्यालको अध्यक्षता तथा गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सातै प्रदेशका...
राष्ट्रिय सभा निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने काँग्रेसको निर्णय

राष्ट्रिय सभा निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने काँग्रेसको निर्णय

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले  माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय...