नेभिगेशन
समाज

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई गति दिएको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिफारिसका क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छभने केही जिल्लाबाट एकभन्दा बढी आकाङ्क्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नामसमेत केन्द्रमा पठाएका छन् । एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ ।

Marvel
Extreme Energy

एकल सिफारिस भएका उम्मेदवार र निर्वाचन क्षेत्रहरूमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली–झापा–५, उपाध्यक्ष विष्णु पौडेल–रुपन्देही–२, महासचिव शङ्कर पोखरेल–दाङ–२, उपमहासचिव लेखराज भट्ट–कैलाली–४, एमाले सचिव महेश बस्नेत– भक्तपुर–२ बाट सिफारिस भएका हुन ।

त्यस्तै, एमाले नेताहरू प्रदीप ज्ञवाली–गुल्मी–१, ईश्वर पोखरेल–काठमाडौँ–५, लीलानाथ श्रेष्ठ–सिरहा–३, अजय गुप्ता–रौतहट–१, हरि उप्रेती–सर्लाही–३, तिलक महत–नवलपुर–२, मिलन गुरुङ–गोरखा–२, बद्री मैनाली–नुवाकोट–१, सूर्य ढकाल–बाँके–१, दलबहादुर सुनार–बाँके–३, विश्राम चौधरी–कपिलवस्तु–१, सुहाङ नेम्वाङ–इलाम–२, लक्ष्मी महतो कोइरी–महोत्तरी–१ सिफारिस भएका छन् ।

साथै, प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका नेताहरूमा ध्रुव शाही–सुर्खेत–१, कलाधर देवकोटा–सुर्खेत–२, गुलाबजङ्ग शाह–सल्यान, मणिराम फुयाल–काठमाडौँ–२ (प्रस्ताव), दामोदर भण्डारी–बैतडी,गणेश ठगुन्ना–दार्चुलाबाट रहेका छन् ।

सचिव बस्नेतका अनुसार अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन् भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी छ । सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन र मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने

बालेन र मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने भएका छन् ।
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका...
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आज केही स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोप–३१ सम्पन्न : जलवायु परिवर्तनका असरबारे साझा धारणामा सहमति जुटेन

कोप–३१ सम्पन्न : जलवायु परिवर्तनका असरबारे साझा धारणामा सहमति जुटेन

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताएका छन् ।