नेभिगेशन
समाज

केपी ओलीको स्थानहद फुकुवा

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई तोकेको स्थानहद फुकुवा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओलीलाई आयोगले असोज १२ गते विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबिना उपत्यका छोड्न नपाउने निर्णय गरेको थियो । 

Marvel
Extreme Energy

भदौ २३ र २४ को सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उनले गरेका कामकारबाहीबारे आयोगले ओलीसँग सोधपुछ लगायतका कार्य सम्पन्न गरिसकेकोले विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । 

ओलीले आइतबार मानवअधिकार आयोगमा बयान दिएका थिए भने आइतबार नै आयोगलाई लिखित जवाफ दिएका थिए । उनले गुन्डु पुगेका आयोगका सदस्यलाई लिखित जवाफ दिएका हुन् । 

यसअघि आयोगले तत्कालिन गृहमन्त्री रमेश लेखकको बयान लिएको थियो । त्यस्तै तत्कालिन सुरक्षा निकायका प्रमुख र सिडिओसँग पनि बयान लिईसकेको छ । 

Oli-sthanhad-phukuwa-1767602671.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन र मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने

बालेन र मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने भएका छन् ।
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका...
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आज केही स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोप–३१ सम्पन्न : जलवायु परिवर्तनका असरबारे साझा धारणामा सहमति जुटेन

कोप–३१ सम्पन्न : जलवायु परिवर्तनका असरबारे साझा धारणामा सहमति जुटेन

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताएका छन् ।