नेभिगेशन
समाज

वीरगञ्जमा निषेधाज्ञा जारी, उलङ्घन गरिए कानुनी कारबाही गरिने

काठमाडौँ । धर्मका विषयमा दुई पक्षबीच विवाद बढ्दै जान थालेपछि पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी गरिएको छ । आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वीरगञ्जमा रहेको मस्जिद तोडफोड, आगजनीलगायतको घटनालाई लिएर आइतबार मुस्लिम समुदाय प्रदर्शनमा उत्रिएका थिए । भने आज हिन्दुको मन्दिर तथा देविदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै  बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका थिए । विवाद चर्कदै गएपछि जिल्ला प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

Ncell
Extreme Energy

सुरक्षा समितिले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावर हाउसचोक र दक्षिणमा शङ्कराचार्यगेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ । 

प्रजिअ दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा आदेश गरी गरिएको बताए । उनले आदेशलाई उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने जानकारी दिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै