नेभिगेशन
समाज

सवारी दुर्घटनामा परी नेपाली सेनाका अमलदारको मृत्यु

मुगु । जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ । यहाँस्थित हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा ऐडीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले सोमबार बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो । न१झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आल्लाधुना खोलाको मोडमा दुर्घटनामा परेको थियो ।

Ncell
Extreme Energy

आइतबार बेलुकी ७ बजे जिप दुर्घटनामा परेको थियो । त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । बोलेरो सडकदेखि २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका ऐडीलाई राति १० बजे नै मुगु अस्पतालमा पुर्‍याइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।
भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका बैतडी र दार्चुलामा यातायात सेवा बन्द गरिएको छ।
खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) मा रोकिएका सात विदेशी पर्यटकको...