नेभिगेशन
सबै कुरा

कहाँसम्म पुग्यो कपनमा खोला खाेतल्ने कार्य ?

१२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने काम आरम्भचोकसम्म सकिएको छ । खोला छुट्याउने कामसँगै यहाँसम्म जग्गाको नापजाँच पनि गरिएको महानगरपालिका–६ का अध्यक्ष भुवन लामाले जानकारी दिए। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको हो ।

Ncell
Extreme Energy

गैरकानुनीरूपमा सुरु गरिएको यो कामलाई तत्कालीन कपन गाविसले वैधानिकता दिँदा अहिले समस्या आएको स्थानीयवासी चुडामणि कोइरालाले बताए । तत्कालीन कपन गाविसका जननिर्वाचित पूर्वपदाधिकारी एवं सबै राजनीतिक दलका नेतृत्वको सहमतिमा नदी पुरिएको उनको भनाइ छ । नदी पुरेर ढल बिच्छ्याएसँगै बाढीले कपन एवं काठमाडौं महानगरपालिका–६ स्थित सरस्वतीनगर र वडा नं ७ को चावहिल क्षेत्रका केही बस्ती डुबानमा पर्दै आएको थियो ।

महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको छ  तर बूढानीलकण्ठ नगरपालिका–१० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ । खोलाको दायाँबायाँ चार÷चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भए पनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ । महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले नापी कार्यालयले यस क्षेत्रको नापी गरी सक्ने र पुर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तीका रुपमा कायम गरिने बताए । 

दुई दशकदेखिको यो समस्या समाधानका महानगरपालिकाको नेतृत्वमा ढल हटाएर नदीको बहाव क्षेत्र कायम गर्न लागिएको हो । नदीको बहाव क्षेत्र कायम गर्ने काम धमाधम भइरहेको छ । दुवै खोलाको बहाव क्षेत्रबाट ढल हटाउने काममा बूढानीलकण्ठ नगरपालिकाले समेत सहयोग गरिरहेको जनाइएको छ ।

कपन, सरस्वतीनगर क्षेत्रमा यज्ञमती र चखँुचा खोला कायम हुँदा बाढीको समस्या कम हुन थालेको स्थानीयवासी वाङ्छी शेर्पाले बताए। खोला पुरेर ढल हालेपछि भने वर्सातका समयमा बाटो हिँड्नै नसकिने गरी बाढी आउने गर्दा यस वर्ष एक बालकलाई बाढीले बगाएको थियो । विगत वर्षमा पनि बर्खायाममा प्रायःजसो यहाँ दुर्घटना हुने गरेको स्थानीयवासीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।