नेभिगेशन
मुख्य समाचार

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई बिहीबार वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई उनकी ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको नामबाट नागरिकता प्रदान गरिएको हो । नागरिकता प्राप्त गरेपछि आफूलाई राज्यको वास्तविक नागरिक भएको अनुभूति भएको गोडीयाले बताए ।

CG

“१७ वर्षको उमेरदेखि निरन्तर खेलकुदमा सक्रिय छु, विसं २०८० मा काठमाडौँमा सम्पन्न अन्तर नगरपालिका राष्ट्रिय खेलकुद तथा २०८१ मा चितवनमा भएको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएँ, तर कागजातको अभावले धेरै अवसर गुमाउनुपर्‍यो”, उनले भने । नागरिकता प्राप्त भएपछि जीवनको ठूलो बाधा हटेको महसुस भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी तामाङले संविधान तथा प्रचलित कानुनअनुसार नागरिकको पहिचान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै नागरिकका हकअधिकार सुनिश्चित गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनका अनुसार नागरिकता वितरण प्रक्रियालाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री बनाउँदै नागरिकका समस्या संवेदनशीलतापूर्वक सम्बोधन गरिँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै नागरिकका गुनासो तत्काल सम्बोधन गर्ने नीति लिएको जनाएको छ । कार्यालयभित्र अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्दै नागरिकको समय र श्रमको सम्मान गर्ने कार्यसंस्कृति विकास गरिँदै आएको प्रशासनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

“अदृश्य शक्ति होइन, दृश्य शक्ति नै हामी दुई जना हौँ”, उनले भने, “सहयात्रा सहज थिएन । रवि लामिछानेको जेल बसाइ, अदालती प्रक्रिया, प्रमुख बालेनको पारिवारिक शोक, धेरै अवरोध...
मन्त्रीबाट राजीनामा दिएपछि रवि लामिछानेसँग कुलमानको ३ घण्टा  वार्ता: के भयो छलफल ?

मन्त्रीबाट राजीनामा दिएपछि रवि लामिछानेसँग कुलमानको ३ घण्टा वार्ता: के भयो छलफल ?

उज्यालो नेपाललाई केन्द्रीय समितिमा समाहित गर्न सदस्यसँख्यामा विवाद भएको भनिए पनि लामिछाने र घिसिङले यसलाई समाधान गरेको जनाइएको छ । स्रोतका अनुसार पूर्व सहमति अनुरूप नै अघि बढ्ने...
भद्रकालीमा निर्वाचन प्रहरी बन्न फाराम भर्ने युवाहरुको लाइन (तस्बिरहरु)

भद्रकालीमा निर्वाचन प्रहरी बन्न फाराम भर्ने युवाहरुको लाइन (तस्बिरहरु)

निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि रु ३४ हजार ७७६ पाउनेछन् । निर्वाचन प्रहरीलाई सम्बन्धित...
स्वर्गीय उज्ज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शनमा

स्वर्गीय उज्ज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शनमा

“वृत्तचित्र सुरु गर्दा सामान्य मान्छेको असामान्य यात्रा भनेर सुरुआत गरेका थियौँ, तर उज्ज्वल दाइले गर्नुभएको कार्य कुनै सामान्य मान्छेले गर्न सक्दैन, उहाँको भौतिक शरीर हामीसँग नभए पनि उहाँको...

भर्खरै