नेभिगेशन
समाज

निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु

नेपालगञ्ज । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमूखिकरण कार्यक्रम सोमबार यहाँ सुरु गरिएको छ । अभिमुखिकरणको शुभारम्भ गर्दै निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन लोकतन्त्रको मूल आधार भएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रुपमा सम्पन्न गर्न प्रतिबद्धताका साथ कार्य गरिरहेको जानकारी दिए ।निर्वाचन आयुक्त डा तुलाधरले भने, “निर्वाचनमार्फत जनताको सार्वभौम अधिकारको प्रयोग सुनिश्चित गर्दै लोकतान्त्रिक संस्थालाई सुदृढ बनाउन आयोगको प्रमुख दायित्व हो ।”

Ncell
Extreme Energy

उनले गुनासो तथा विवाद व्यवस्थापनमा कानुनसम्मत, निष्पक्ष र समयवद्ध तथा विवेक र औचित्यपूर्ण निर्णय प्रणाली अवलम्बन गरिरहनु उपयुक्त हुने कुरामा जोड दिँदै महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक अल्पसङ्ख्यकसहित सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताए ।

“निर्वाचन सञ्चालनका क्रममा सार्वजनिक स्रोत उपयोगमा पारदर्शीता, मितव्ययिता, वित्तीय अनुशासन तथा उत्तरदायित्व अनिवार्य हुन्छ”, आयुक्त डा तुलाधरले भने । आजको डिजिटल युगमा सामाजिक सञ्जाल डिजिटल माध्यममार्फत द्वेषपूर्ण अभिव्यक्ति, मिथ्या सूचना, दुष्प्रचार वा अफवाहले निर्वाचनको विश्वसनीयतामा चुनौती सिर्जना गर्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका थिए ।

यस निर्वाचनमा नवयुवा पुस्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको उल्लेख गर्दै आयुक्त डा तुलाधरले आयोगले संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, निर्वाचन आयोगद्वारा जारी मापदण्डको पूर्ण पालना विश्वसनीयताको आधार भएको बताए ।  सचिव पारश्वर ढुङ्गानाले विगतमा भएका निर्वाचनबाट शिक्षा लिएर आगामी निर्वाचनलाई प्रभावकारी बनाउन आग्रह गर्दै सैद्धान्तिक कुरा सँगसँगै व्यवहारिक कुरामासमेत जोड दिइने बताए ।

दुई समूहमा निर्वाचन व्यवस्थापनका विषयमा छलफल हुने अभिमूखिकरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन, संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रम सम्बन्धमा नेपाल सरकारका सचिव ढुङ्गानाले, निर्वाचनका विविध पक्ष, जनशक्ति, आर्थिक, सुरक्षा व्यवस्थापन एवं मतदाता शिक्षा सम्बन्धमा विज्ञ स्रोत व्यक्ति कोमलप्रसाद धमला, निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दु्ष्प्रचार र  द्वेषपूर्ण अभिव्यक्ति, नीतिगत व्यवस्था, नियमन र नियन्त्रण सम्बन्धमा सहसचिव सुभाषकुमार भट्टराईले सहजीकरण गर्ने छन् ।

त्यस्तै, निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणाली स्रोत व्यक्ति वीरेन्द्रकुमार मिश्रले सहजीकरण गर्ने जनाइएको छ । अभिमूखिकरणमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका २७ जिल्लाका ६६ जना मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी लगायतको सहभागिता रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै