नेभिगेशन
सबै कुरा

क्रिसमसको भोज खाएका १ जनाको मृत्यु, ३० जना बिरामी

लमजुङ : लमजुङमा क्रिसमसको सामूहिक भोज खाएका १ जनाको मृत्यु भएको छ भने ३० जना बिरामी भएका छन् ।

मंसिर २२ गते जिल्लाको सुन्दर बजार नगरपालिका वडा नम्बर ८ का क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको अवसरमा सामूहिक भोजको आयोजना गरिएको थियो । उक्त सामूहिक भोजमा सहभागि भएकी सोही नगरपालिका वडा नम्बर ९ बस्ने ३२ वर्षीया देवी परियारको मृत्यु भएको हो ।

Dish Home
Global Ime Bank

भोजमा सहभागी भएर फर्किएका अन्य ३० जनालाई भने पखाला लाग्ने, ज्वरो आउने समस्या देखिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

भोज खाएर बिरामी भएका ३ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्यको नमूना सुन्दर बजारमा उपचार भइरहेको छ । 

त्यस्तै भोजमा प्रयोग भएको खाद्यन्नकोबारे अनुसन्धान सुरु भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । भोजमा प्रयोग भएको खानाको नमूना संकलन गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा पठाइने प्रशासनले बताएको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खा लागेसँगै रोपाइँको चटारो (तस्बिरहरू)

बर्खा लागेसँगै रोपाइँको चटारो (तस्बिरहरू)

बर्खा लागेसँगै देशभर रोपाईँको चटारो सुरु भएको छ । सिन्धुलीको मरिण गाउँपालिकास्थित जयमंगल भन्ने ठाउँमा किसानहरु रोपाईँमा व्यस्त छन् । मदन भण्डारी लोकमार्ग नजिकै पर्ने यस ठाउँमा अझै...
पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको बयान सुरु

पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको बयान सुरु

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सुरु भएको हो ।  बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ ।
पतञ्जली जग्गा प्रकरणमा बयान दिन माधवकुमार नेपाल विशेष अदालत हाजिर (तस्विरहरु)

पतञ्जली जग्गा प्रकरणमा बयान दिन माधवकुमार नेपाल विशेष अदालत हाजिर (तस्विरहरु)

पतञ्जली जग्गा प्रकरणमा बयान दिन पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत हाजिर भएका छन् ।
पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा उपस्थित हुने

पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा उपस्थित हुने

कानुनी स्रोतका अनुसार, बुधबारदेखि सुरु हुने बयान छोटो समयमा सक्ने रणनीति बनाइएको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ, जहाँ नेपाल पक्षले उनलाई साधारण तारेखमा छाडेर मुद्दा अघि बढाउनुपर्ने...