नेभिगेशन
सबै कुरा

मुग्लिन–पोखरा खण्ड विस्तार कार्य जारी, पश्चिम खण्ड निर्माणमा ढिलाई

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा ३८ दशमलव८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सडक हुने आयोजनाले जनाएको छ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म छ लेन सडक हुनेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडकको चौडाइ ४६ मिटर हुने मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनीयर नारायण पौड्यालले जानकारी दिए । राजमार्गको पश्चिम खण्डमा बाह्र वटा मोटरेवल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्र्भड निर्माण हुनेछ ।  

Ncell
Extreme Energy

मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा काम भइरहेको छ । पूर्वी खण्डमा ३८ प्रतिशत काम भएको छ भने पश्चिम खण्डमा जम्मा १२ प्रतिशत काम भएको छ । पूर्वी खण्डमा ४१दशमलव४५ किलोमिटर र पश्चिम खण्डमा ३८दशमलव८८ किलोमिटर दूरीमा निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । भित्ता कटिङ्ग,सडक चौडा, वाल, कल्र्भड र पुल निर्माण लगायत काम पनि भइरहेको छ । 

पश्चिम खण्डमा यस कारण ढिलाइ 

पश्चिम खण्डमा धेरै बजार क्षेत्र परेकाले खानेपानी तथा विद्युत्को पोल र तार हटाउन नसकिएका कारण निर्माण कार्यमा ढिलाइ हुन गएको हो । पूर्वी खण्डभन्दा पश्चिम खण्डमा करिब छ महिना ढिलो गरी काम सुरु गरिएको हो । पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा निर्माण कम्पनीले कम जनशक्ति परिचालन गरेका कारणले पनि सोचेअनुरुप प्रगति हुन नसकेको इञ्जिनीयर पौड्यालले बताए । 

उक्त सडक खण्डमा निर्माण हुने चार लेन सडकमध्ये जामुनेबाट कुम्लेखोलासम्म कालोपत्र गर्न लागिएको छ । कालोपत्रका लागि ग्राबेल विच्छाउन थालिएको छ । करिब एघार किलोमिटर दूरी दुई लेनको भए पनि यस आर्थिक वर्षमै कालोपत्र गर्ने लक्ष्य रहेको छ । 

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । विसं२०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौतामा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...

भर्खरै