नेभिगेशन
सबै कुरा

अजिरकोट गाउँपालिकामा व्यक्तिगत घटना दर्ता घरबाटै

१२ भदौ, गोरखा –  गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका नागरिकलाई व्यक्तिगत घटना दर्ता घरबाटै गर्नसक्ने गरी व्यवस्था मिलाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ देखि गाउँपालिकाभित्रका सबै नागरिकले घरमै बसेर अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्नसक्ने व्यवस्था गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्धविच्छेदलगायत घटना घरबाटै गर्न सकिने बताए। उनले भने, ‘अब वडा कार्यालयमा धाउनु पर्दैन, अनलाइनमार्फत नै घटना दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।’

Ncell
Extreme Energy

घटना दर्ताका लागि मोबाइल वा कम्युटरमार्फत विवरण अनलाइनमार्फत भर्न सकिनेछ । भौगोलिक हिसाबले जटिल रहेको अजिरकोटभित्रका केही वडामा वडा कार्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था छ । त्यसैले नागरिकको घरघरसम्म सेवा पुर्याउन घटना दर्ता अनलाइन माध्यमबाट गर्न थालिएको उहाँको भनाइ छ । बसाइँसराइ नभएका तर गाउँ छोडेर अन्यत्र बसोबास गर्दै आएका नागरिकका लागि पनि यसले घटना दर्ताका लागि सहज हुने अध्यक्ष देवकोटाले बताए । 

‘अब घटना दर्ताका लागि फारम भर्न वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको छ’, उनले भने, ‘अबदेखि घरमा बसेर आफ्नो मोबाइलबाट घटना दर्ताको फारम भरेर सेवा लिन पाउनेछन् । अनलाईनमार्फत घटना दर्ताका गरेपछि सेवाग्राहीले टोकन प्राप्त गर्ने र सम्बन्धित वडा कार्यालयमार्फत घटना दर्ता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।’ अनलाइन फारम भर्नका लागि वेबसाइट र क्युआर कोड दुवै प्रयोगमा ल्याइएको अध्यक्ष देवकोटाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।