नेभिगेशन
मुख्य समाचार

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

बाँके । विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्नेगरी यहाँ ‘मःमः फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ । नेपालगन्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीनदिने मःम महोत्सवको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगन्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गरे ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले महोत्सव नाफामुखी नभई स्वादको सहर नेपालगन्जलाई देशभर ब्रान्डिङको उद्देश्य राखिएर सुरु गरिएको जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा सुरु गरिएकोे महोत्सवलाई आगामी वर्षदेखि नेपालगन्जको साझा आयोजनाका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको उनको भनाइ छ ।

CG

पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख न्यौपानेका अनुसार आइतबार सांस्कृतिक कार्यक्रमसँगै मःमः मेकिङ एन्ड कुकिङ प्रतियोगिता पनि आयोजना गरिने बताए । सो महोत्सवमा दुई सयभन्दा बढी प्रकारका मःमः सहभागी गराइएको सिद्धार्थ ग्रुपका हेड अफ सेफ एलबी कौशलले जानकारी दिए ।

स्थानीय स्वादसँगै नयाँनयाँ फ्लेवरका मःमःले महोत्सवलाई विशेष बनाएको उनको भनाइ छ । कौशलले अकबरे खुर्सानी, कोदो, फापर तरुललगायत दुई सय प्रकारका मःम महोत्सवमा प्राप्त हुने बताए । महोत्सवको अन्तिम दिन सोमबार, राष्ट्रिय तथा स्थानीय ब्यान्डहरूको प्रस्तुति रहने छभने राष्ट्रिय तथा स्थानीय कलाकारको नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

स्वादको सहर मानिएको नेपालगन्जमा शनिबारदेखि सुरु भएको मःमः महोत्सवले खाद्य पर्यटनलाई थप उचाइ दिने अपेक्षा गरिएको छ । कटेजले २०८० सालदेखि निरन्तर रूपमा सो महोत्सव आयोजना गर्दै आएको थियो । सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगन्जको चारतारे लक्जरी होटल सिद्धार्थसहित देशभर ३३ वटा होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफे सञ्चालनमा छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आधिकारिकताको माग गर्दै कांग्रेस देउवा पक्षका कार्यकर्ताले माइतीघरमा गरे प्रदर्शन(तस्बिरहरु)

आधिकारिकताको माग गर्दै कांग्रेस देउवा पक्षका कार्यकर्ताले माइतीघरमा गरे प्रदर्शन(तस्बिरहरु)

उनीहरूले संविधानको मर्म, लोकतन्त्र मास्न नपाइने भन्दै निर्वाचन आयोगको निर्णको खारेजी र कार्यकारी आयुक्तको राजीनामा माग्दै नारावाजी समेत गरेका छन् ।
बालेन शाहले आज राजीनामा नदिने, केही बेरमा घण्टी घर जाने

बालेन शाहले आज राजीनामा नदिने, केही बेरमा घण्टी घर जाने

'आज राजीनामा दिने तयार भए पनि केही प्राविधिक कारणले आजका लागि राजीनामा होल्ड गरेर निर्वाचनमा लाग्ने तयारी भयो', सचिवालयले सिधाकुरासँग भन्यो ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठक सिंहदरबारमा सम्पन्न(तस्बिरहरु)

राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठक सिंहदरबारमा सम्पन्न(तस्बिरहरु)

आइतबार राष्ट्रपतिबाट प्राप्त पत्र पढेर र राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेर आइतबारको बैठक सकिएको छ।
पार्टी आधिकारिकताको माग गर्दै देउवा काँग्रेस पक्ष सर्वोच्च अदालतमा(तस्बिरहरु)

पार्टी आधिकारिकताको माग गर्दै देउवा काँग्रेस पक्ष सर्वोच्च अदालतमा(तस्बिरहरु)

निर्वाचन आयोगले विषेश महाधिवेशनपक्षधरलाई मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च आधिकारिकता खोज्दै सर्वोच्च पुगेको हो ।