नेभिगेशन
सबै कुरा

राष्ट्रिय सभाअघि १९९ घण्टा उभिएका ईः ललितपुर महानगर अगाडि १०८ मिनेट उभिने

काठमाडाैँ : फुटपाथ व्यवसायीलाई काठमाडौँ महानगरपालिकाले विकल्प नदिई बलजफ्ती हटाएको भन्दै उनीहरुको व्यवस्थापनको मागसहित राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएका अभियन्टा ईः ललितपुर महानगरपालिका अगाडि पनि उभिने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुर महानगरपालिकाले फुटपाथ व्यवसायले सडकपेटी अस्तव्यस्त बनेको भन्दै केही स्थानमा फुटपाथ व्यवसाय गर्न नदिने बताएसँगै उनले उक्त निर्णय पुनर्विचार गर्न अनुरोध गर्दै महानगर अगाडि उभिने भएका हुन् । उनले आफू मंगलबार ३ बजेदेखि १०८ मिनेट उभिने बताएका हुन् । 

Ncell
Extreme Energy

सोमबार फेसबुकमा एक स्टाटस राख्दै उनले ललितपुर महागरले गरेको सो  सो निर्णय पुनर्विचार गर्न अनुरोध गरेका हुन्। त्यस्तै उनले ललितपुरको आत्मा नमार्न पनि अनुरोध गरेका छन् । 

‘सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ,’ उनले लेखेका छन्, ‘सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।’

त्यस्तै उनले सधैँजसो भनिरहने वाक्यांश, ‘विस्थापन होइन, व्यवस्थापन गर’, लाई पुनः दोहोर्याएका छन् । उनले  लेखेका छन्, ‘कर लेऊ, गरी खान देऊ, विस्थापन होइन, व्यवस्थापन गर।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...

भर्खरै