नेभिगेशन
सबै कुरा

राष्ट्रिय सभाअघि १९९ घण्टा उभिएका ईः ललितपुर महानगर अगाडि १०८ मिनेट उभिने

काठमाडाैँ : फुटपाथ व्यवसायीलाई काठमाडौँ महानगरपालिकाले विकल्प नदिई बलजफ्ती हटाएको भन्दै उनीहरुको व्यवस्थापनको मागसहित राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएका अभियन्टा ईः ललितपुर महानगरपालिका अगाडि पनि उभिने भएका छन् । 

ललितपुर महानगरपालिकाले फुटपाथ व्यवसायले सडकपेटी अस्तव्यस्त बनेको भन्दै केही स्थानमा फुटपाथ व्यवसाय गर्न नदिने बताएसँगै उनले उक्त निर्णय पुनर्विचार गर्न अनुरोध गर्दै महानगर अगाडि उभिने भएका हुन् । उनले आफू मंगलबार ३ बजेदेखि १०८ मिनेट उभिने बताएका हुन् । 

सोमबार फेसबुकमा एक स्टाटस राख्दै उनले ललितपुर महागरले गरेको सो  सो निर्णय पुनर्विचार गर्न अनुरोध गरेका हुन्। त्यस्तै उनले ललितपुरको आत्मा नमार्न पनि अनुरोध गरेका छन् । 

‘सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ,’ उनले लेखेका छन्, ‘सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।’

त्यस्तै उनले सधैँजसो भनिरहने वाक्यांश, ‘विस्थापन होइन, व्यवस्थापन गर’, लाई पुनः दोहोर्याएका छन् । उनले  लेखेका छन्, ‘कर लेऊ, गरी खान देऊ, विस्थापन होइन, व्यवस्थापन गर।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

सरकारले सुनचाँदी व्यवसायीहरूसँग ६ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको छ ।
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा रू १५ करोडबाट बढाएर रू २५ करोड पुर्‍याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी...

भर्खरै