नेभिगेशन
सबै कुरा

संसदमा जे ल्याएपनि गठबन्धनले पास गर्छ भनेर नसोच्न प्रधानमन्त्रीलाई गगन थापाको चेतावनी

भदौ १२, काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले सांसदहरुलाई हेपेको बताएका छन् । उनले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८० को बिरोध गर्दै, सरकारले संसदमा जे ल्याएपनि पारित हुन्छ भन्ने नसोच्न चेतावनी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy

उनले यो विधेयकक २०७४ सालमा नेकपा सरकारले पेश गरेको बेलाको स्मरण गरे । ‘माननीय कानूनमन्त्रीलाई म सम्झाउँछु उहाँले त्यतिखेर यसको संसद भित्र र बाहिर जमेर बिरोध गर्नुभएको थियो । त्यो बेलामा गलत अहिले सही हुन्छ ?’ 

उनले भने, ‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नहरुलाई जोगाउनेगरी जुन प्रावधान ल्याइएको छ । कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु राजनीतिक अपराधिकरण अपराधको राजनीतिकरण हामीलाई स्वीकार्य छैन ।’ साथै उनले यो विधेयक २०७४ पछि बनेको सरकारले ल्याएको भन्दै त्यसको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रह समेत छन् । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।