नेभिगेशन
सबै कुरा

एसिया कप : नेपाल भारतसँग पराजित

संयुक्त अरब इमिरेट्स (युएई)मा जारीे एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । 

Ncell
Extreme Energy

आजको जितसँगै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । भारतले अफगानिस्तानलाई सात विकेटले हराएको थियो भने पाकिस्तानसँग भने आठ विकेटले पराजित भएको थियो । 

आजको खेलमा नेपालले भारतलाई जितका लागि ५३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा भारतले सात दशमलव एक ओभरमा कुनैपनि विकेट नगुमाई पूरा गर्याे । भारतका जितमा आर्सिन कुलकर्नीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ३० बल खेल्दै पाँच छक्का र एक चौका प्रहार गरे । उसका लागि आदर्श सिंहले १३ रन बनाए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपाल २२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५२ रनमा समेटिएको थियो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

खराब ब्याटिङ गरेको नेपालका लागि हेमन्त धामीले सर्वाधिक आठ रन जोडे । त्यस्तै दीपक बोहोराले सात, दीपेश कँडेलले चार, आकाश चन्दले अविजित चार तथा सुवास भण्डारी दुई रन बनाए । नेपाललाई सस्तैमा समेट्नेक्रममा भारतका राज लिमबानी एक्लैले सात विकेट लिए । त्यस्तै आरध्य शुक्लाले दुई विकेट लिँदा अरसिन कुलकर्नीले एक विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।