नेभिगेशन
समाज

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सह–आयोजनामा विद्यालय परिसरमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबारदेखि सुरु भएको प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गरेका हुन । प्रतिष्ठानका कुलपति हार्तम्छालीले राष्ट्र र समाजको भौतिक विकाससँगै संस्कृति, शान्ति स्थापना र सामाजिक विकासका लागि ललितकलाको विशेष महत्त्व रहेको बताए ।

Ncell
Extreme Energy

उनले नेपालमा कलाको मर्मलाई जराबाटै उठाउनुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय जनजीवनलाई बोध गराउने उद्देश्यले प्रादेशिक ललितकला प्रदर्शनी गरिएको जानकारी दिए ।

बुटवल उपमहानगरका प्रमुख पाण्डेयले बुटवललाई मुख्य व्यापारिक केन्द्र र सम्भावना भएको ऐतिहासिक क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै कलाका माध्यमबाट कलाकारले ती विषयवस्तुलाई प्रस्तुत गर्नुपर्ने बताए । उनले यस्ता गतिविधि सञ्चालनका लागि पालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।

प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवं लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले प्रदेश तथा स्थानीय तहले आफ्नो क्षेत्रको ललितकलाको विकास तथा प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले प्रदर्शनीमा लुम्बिनी प्रदेशका कला, संस्कृति, पर्यटन प्रवर्द्धनसँगै जनजीवनका विविध पाटो समेटिएका कलाकृति रहेका जानकारी दिए ।

यसैगरी कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कालिका मानवज्ञान माध्यमिक विद्यालयका सहायक प्राचार्य पीताम्बर बञ्जाडे, कलाकार एचवी रम्तेललगायत वक्ताले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीका अध्यक्ष दिलीप रसाली र सञ्चालन जङ्ग पहाडीले गरेका थिए ।

प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, शिल्प तथा हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलासम्बन्धी ११५ कलाकारका १५० भन्दाबढी कलाकृति समावेश छन् । नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको कला प्रदर्शनी यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै