नेभिगेशन
समाज

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सह–आयोजनामा विद्यालय परिसरमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ ।

शनिबारदेखि सुरु भएको प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गरेका हुन । प्रतिष्ठानका कुलपति हार्तम्छालीले राष्ट्र र समाजको भौतिक विकाससँगै संस्कृति, शान्ति स्थापना र सामाजिक विकासका लागि ललितकलाको विशेष महत्त्व रहेको बताए ।

CG

उनले नेपालमा कलाको मर्मलाई जराबाटै उठाउनुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय जनजीवनलाई बोध गराउने उद्देश्यले प्रादेशिक ललितकला प्रदर्शनी गरिएको जानकारी दिए ।

बुटवल उपमहानगरका प्रमुख पाण्डेयले बुटवललाई मुख्य व्यापारिक केन्द्र र सम्भावना भएको ऐतिहासिक क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै कलाका माध्यमबाट कलाकारले ती विषयवस्तुलाई प्रस्तुत गर्नुपर्ने बताए । उनले यस्ता गतिविधि सञ्चालनका लागि पालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।

प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवं लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले प्रदेश तथा स्थानीय तहले आफ्नो क्षेत्रको ललितकलाको विकास तथा प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले प्रदर्शनीमा लुम्बिनी प्रदेशका कला, संस्कृति, पर्यटन प्रवर्द्धनसँगै जनजीवनका विविध पाटो समेटिएका कलाकृति रहेका जानकारी दिए ।

यसैगरी कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कालिका मानवज्ञान माध्यमिक विद्यालयका सहायक प्राचार्य पीताम्बर बञ्जाडे, कलाकार एचवी रम्तेललगायत वक्ताले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीका अध्यक्ष दिलीप रसाली र सञ्चालन जङ्ग पहाडीले गरेका थिए ।

प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, शिल्प तथा हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलासम्बन्धी ११५ कलाकारका १५० भन्दाबढी कलाकृति समावेश छन् । नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको कला प्रदर्शनी यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
युएई सरकारद्वारा दुई सय ७६ नेपालीलाई आममाफी

युएई सरकारद्वारा दुई सय ७६ नेपालीलाई आममाफी

नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आइतबार...
विप्लव नेतृत्वको नेकपाद्वारा चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक

विप्लव नेतृत्वको नेकपाद्वारा चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा(माओवादी)ले चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । नेकपा(माओवादी) को प्रतिबद्धता पत्रमा प्रतिनिधि सभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाइने, न्याय प्रणालीमा...
प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न

प्रत्यक्षतर्फ सुदूरपश्चिमका तीन र कर्णालीका आठ गरी ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई ढुवानीको प्रक्रिया सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निर्वाचन कार्यतालिका अनुसार नै तयारी तीव्र पारिएको छः प्रवक्ता भट्टराई

निर्वाचन कार्यतालिका अनुसार नै तयारी तीव्र पारिएको छः प्रवक्ता भट्टराई

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको कार्यतालिका बमोजिम आवश्यक तयारीका काम तीव्र रुपमा अघि बढेको जानकारी दिए ।