नेभिगेशन
सबै कुरा

सहमति कार्यान्वयन नगरेको भन्दै गोविन्द केसीले घोषणा गरे ३ दिने सत्याग्रह

विगतमा भएका सहमतिलाई सरकारले कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले सत्याग्रह सुरु गर्ने भएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिकित्सा शिक्षा सुधारका निम्ति आफूसँग सरकारले विभिन्न चरणमा गरेका सहमति पालना नगरेपछि आफूले तीन दिने सत्याग्रह सुरु गर्न लागेको केसीले बताएका छन् । 

Ncell
Extreme Energy

उनले विगतमा भएका सम्झौता, सबै सरकारी अस्पतालमा निशुल्क पाइने औषधीहरुको पर्याप्तता, सरकारी अस्पतालमा दरबन्दीका विषयमा सरकारले आफूसँग झुटको खेती गरेको बताएका छन् । 

त्यस्तै उनले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने विषयमा पनि सरकारले लचकता नदेखाएको बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।

भर्खरै