नेभिगेशन
सबै कुरा

गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक स्थगित

१२ भदौ, काठमाडौं । गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बैठकमा  ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस’ भनी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव पेश गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लागेपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै सांसदहरू सुमना श्रेष्ठ, दामोदर पौडेल बैरागी र ठाकुर गैरेले नियमापत्ति जनाएका थिए । 

Ncell
Extreme Energy

सांसदहरूको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको सङ्ख्या एकिन गर्न निर्देशन दिएका थिए । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधिसभामा कायम रहेका सदस्यको एक चौथाई ६९ हुनुपर्नेमा ५९ मात्रै पुगेपछि आजको बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते सोमबार दिनको १ बजे बस्नेगरी स्थगित भएको हो ।

विभिन्न ७९ वटा कानूनलाई संशोधन गर्नेगरी तयार पारिएको यो विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्नका लागि सुधार गर्न केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक रहेको भन्दै कानूनमन्त्री गुरुङले यो विधेयक संसद्मा दर्ता गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।