नेभिगेशन
समाज

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबार

नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको  गोरखा दरबार  धार्मिक रुपमा पनि अत्यन्त महत्वपूर्ण रहेको छ ।

गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरुआत भएको ठाउँका रूपमा रहेका कारण पनि पर्यटकीय आकर्षण केन्द्रको रुपमा गोरखा दरबार रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्दिर परिसरमा नै रहेका विसं १६१६ अघिका तोप तथा नगराले यहाँको ऐतिहासिकतालाई थप उजागर गरेका छन् । पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यका साथ गोरखा दरबार र परिसरमा तत्कालीन समयमा सैनिकले लगाउने गरेका पोशाक र हातहतियारसहित सुरक्षाकर्मी खटाइएको छ ।

CG

 राजा रामशाहको पालामा निर्माण  गरिएको गोरखा दरवार परिसरमा रहेको संरचनाहरु मध्ये मूल दरवारको विशेष महत्व रहेको छ । बुंईगल सहित यो दरवार ४ तला रहेको छ । दरबारको तेस्रो तलाकलात्मक आँखी झ्यालले वरिपरि घेरेर बनाइएको छ । उत्कृष्ट काष्ठकलाका नमूना देख्न सकिने सो मूल दरबार लगायत अन्य विभिन्न संरचनाहरु २०७२ सालको भूकम्पले क्षति गरेपनि हाल पुन निर्माणको काम सकिसकेको छ ।

सो मूल दरबारमा रहेका केही महत्वपूर्ण कोठा र दरबार परिसरका केही एतिहासिक संरचनाहरुको जानकारी ।

पृथ्वीनारायण शाह जन्मेको कोठा: दरवारको तल्लो अर्थात भुईतलाको दाँयातर्फको कोठामा पृथ्वीनारायण शाह जन्मेको मानिन्छ । हाल यो कोठा बन्द गरेर राखिएको छ । यो कोठा वाहिर रहेको कोठालाई धुनी कोठाभनिन्छ । भनिन्छ पृथ्वीनारायण शाह जन्मेपछि यसै धुनीकोठामा सेकताप गरिन्थ्यो।

राजकन्या कोठा: दरवारको मूल प्रवेशद्धारबाट गएपछि भित्री द्धार आउँछ यसै भित्रीद्वारबाट छिरे पछि बाँयातर्फ एक कोठा रहेको छ जसलाई कन्या कोठा भनिन्छ । यस कोठामा बडा दशैं ८ कन्या र १ कुमारलाई पूजा गरी भोजन गराइन्छ भने वडा दशैंको टिकाको दिन देखि पुर्णीमाका दिनसम्म गोरखकाली र गोरखकालीसंग सम्बन्धित वस्तुहरु यस कोठामा राख्ने प्रचलन रहेको छ ।

सिंहासन कोठा: कन्या कोठाको ठीक आगाडि सिंहासन कोठा रहेको छ । यस कोठाको काठको सिंहासन राखिएको छ जसलाई पृथ्वीनारायण शाहको सिंहासन भन्ने गरिन्छ । यस कोठालाई काठद्वारा निर्माण गरेको जालीदार बार लगाईएको छ ।

कौषीतोषा कोठाः यस कोठाबाटवर्षभरिको पर्वपूजाका सामग्री भण्डारण गरी पूजा सामान तयार गरेर पूजाकोठामा पठाउने गरिन्छ ।

भण्डारकोठाः भण्डारकोठाभित्र ३ वटा कोठामा दरवारसँग सम्बन्धित पर्व पूजामा आवश्यक पर्नेपूजा सामग्री लगायत अन्य पूजा भाँडाहरु, हतियारहरु भण्डार गर्ने गरिन्छ । यी भण्डारण गरिएका वस्तुहरु पर्वपूजाहरुमा निकाल्ने गरिन्छ ।

भान्छा कोठा: दरवारको दोस्रो तलामा ठूलो लामो कुनै घेरावारा नगरेको कोठा रहेको छ जसलाई राजपरिवारको भान्छा भन्ने गरिन्छ । यस भान्छाकोठामा हाल पनि चुलो चौका रहेको छ । हाल यस भान्छाकोठामा अष्टमीका दिन कन्यापूजा गर्ने गरिन्छ । भान्छाकोठा सँगैको पूर्वतर्फको कोठाः यस कोठामा गोरखनाथको पूजासँग सम्बन्धित वस्तुहरु राख्ने गरिन्छ ।

कैलाशकोठाः दरवारको तेस्रोतला तथा बुँइगलमा भगवतीको मुख्य गर्भगृह रहेको छ जहाँ मुख्य भगवती र भगवतीसँग सम्बन्धित वस्तुहरु राख्ने गरिन्छ । चैते दशैंको एक दिन र बडादशैंको नवरथाभरि भगवतीलाई कालिका मन्दिरको पूजाकोठामा विराजमान गराईन्छ ।यस कैलाशकोठामा भित्रीया सुसारेहरु बाहेक अन्य प्रवेश गर्न पाइदैन ।

रंगमहल: गोरखा दरवार र कालिका मन्दिरलाई जोड्ने गरी एक भवन बनाइएको छ जसलाई रंगमहल भनिन्छ । यो रंगमहल २ तलाको रहेको छ । रंगमहलको बनाउन भूईतलामा छत्रशाहले लगाई कालिकालाई चढाएको वि.सं. १६६६ को अभिलेख सहितको दुईवटा नगरा राखिएको छ । भने एकवटा वि.सं. १७७१ को अभिलेख अंकित तोपको भाग राखिएको । पहिलो तलामा राजपरिवारहरुले रंगमहलको पटांगिनीमा हुने नाचगान उत्सव र वडा दशैंको टीकाको दिन टिका प्रसाद ग्रहण गरिसकेपछि यस स्थानकाबाट रंग भरेको पानी र अविर वर्षाई होली खेल्ने परम्परा रहेको छ । हालसम्म पनि होली खेल्ने परम्परा यथावत कायम रहेको छ । रंगमहलको दोस्रो तला मूल दरवार कालिका मन्दिर जाने भित्रको बाटोको रुपमा प्रयोग गर्ने गरिन्छ भने कन्या पूजा र कन्यालाई भोजन पनि यसै तलामा गर्ने गरिन्छ ।

गोरखकाली मन्दिर: अलौकिक शक्तिशाली देवताको रुपमा मान्दै आएको यी देवीको प्रतीकलाई कास्की, लमजुङ गर्दै गोरखासम्म ल्याएको लोक विश्वास रहेको छ । द्रव्य शाहले गोरखामा राज्य प्राप्त गरेपछि लमजुङ दरवारबाट उक्त शक्ति चोरेर ल्याईएको भन्ने एकखालको किम्वदन्ती पाइन्छ भने वंशावलीमा सो प्रतीकलाई वत्तीमा जागा गराएर गोरखा दरवारको पूजाकोठामा ल्याई पुर्याउने प्रयास तेस्रो पटक मात्र सफल भएको आदि कुरा लेखिएको छ । गोरखकालीको प्रतीकलाई गोप्य पूजाकोठामा राखिने हुँदा दर्शनार्थी र भक्तजनहरुले मन्दिर खण्डको दक्षिणतर्फको ढोकामा पूजाआजा गर्ने चलन छ । गोरखकालीको नामले प्रसिद्ध यो मन्दिर पूर्वाभिमुख रहेको छ ४ तला रहेको यो मन्दिर भनिएता पनि मूल दरवारको वास्तुशैली जस्तै गरी बनाइएको छ यसको छानामा धातुको गजुर राखिएकोले मन्दिर भन्ने बुझिन्छ । कालिका मन्दिरभित्र पनि विभिन्न कोठाहरु रहेका छन् । 

पूजाकोठा: टीकापाती कोठाको पूर्वतर्फ अर्को कोठा रहेको छ जसलाई मुख्य पूजाकोठा भन्ने गरिन्छ । यस पूजाकोठामा दैनिक नित्य पूजा गर्ने गरिन्छ । यस पूजाकोठामा चैतेदशैको एक दिन र बडा दशैंको नौरथाभरि कालिभगवतीलाई कैलाशकोठाबाट ल्याई विराजमान गराइन्छ । यस पूजाकोठमा मुल ब्राह्मण पुजारी र भिरकोटे सुसारे र भित्रिया सुसारेहरु बाहेक अन्य प्रवेश गर्न पाईदैन

गोरखनाथ मन्दिरः गोरखा मूल दरवारको पूर्वपट्टि एउटा गुफामा मन्दिर बनाइएको छ जसलाई गोरखनाथ मन्दिर तथा गुफा भनिन्छ । यस गोरखनाथ गुफासंग पृथ्वीनारायण शाहको कथा जोडिएको छ । एक दिन पृथ्वीनारायण शाह झ्यालमा बसी राखेको समयमा कसैले बोलाएको सुनी उनी भर्याङबाट नओर्ली सिधै आवाज आएको ठाउँतिर गएर हेर्दा एकजना जोगीले उनलाई बोलाई दही ल्याउन लगाएको र पृथ्वीनारायाण शाहले दही ल्याई जोगीलाई दिएको जागीले सो दही खाई पुनः ओकली पृथ्वीनारायण शाहलाई हात थाप्न लगाइए ओकली दिएपछि खान आग्रह गर्दा पृथ्वीनारायण शाहले दिगमिग मान्दा खुट्टामा खसेको र जोगीले यो दही खाएको भए जे बोल्यो त्यही पुग्ने थियो तर यो तिम्रो खुट्टामा खस्यो तिमी जुन भूमिमा टेक्छौ त्यो तिम्रो हुनेछ भनी आशिर्वाद दिएको भनी किम्वदन्ती रहेको छ । ठूलो ढुंगा मुनि रहेको गोरखनाथ मन्दिरको मूल गर्भगृहमा दैनिक कनफट्टा योगीहरुद्धारा गोरक्षसहस्रनाम पाठ र पूजा हुन्छ । त्यसैगरी श्रावण महिनामा ४ दिनसम्म र शिवरात्री तथा चण्डीपूर्णीमाका दिनसमेत ती योगी तथा अन्य साधु सन्तहरुलाई गोरखा दरवारमा भण्डारा खुवाईन्छ ।

दमाईपाटीः दरबार प्रवेश गर्ने दक्षिण तर्फको गेट अगाडि एउटा सानो पाटी रहेको छ जसलाई दमाई पाटी भनिन्छ । यस पाटीमा कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पूजा हुने समयमा बाजा बजाउने गरिन्छ ।

शीतलपाटी: दरवार प्रवेश गर्ने दक्षिण तर्फको गेट अगाडि एउटा ज्यादै आकर्षक घर रहेको छ जसलाई शीतल पाटी भनिन्छ । यस शीतल पाटी विश्रामस्थलका रुपमा प्रयोग गरिन्छ । सर्वसाधारणलाई यसमा प्रवेश गर्न रोक लगाइएको छ । भनिन्छ तत्कालन राज परिवारका सदस्यहरु आउँदा यस स्थानमा विश्राम गरेपछि कालिका मन्दिर दर्शन जाने गर्दथे । 

GorkhaDurbar_Sidhakura4-1771045059.jpg

GorkhaDurbar_Sidhakura6-1771045060.jpg

GorkhaDurbar_Sidhakura7-1771045060.jpg

GorkhaDurbar_Sidhakura-1771045058.jpg

GorkhaDurbar_Sidhakura5-1771045059.jpg

GorkhaDurbar_Sidhakura11-1771045061.jpg

GorkhaDurbar_Sidhakura12-1771045062.jpg

GorkhaDurbar_Sidhakura9-1771045061.jpg

GorkhaDurbar_Sidhakura10-1771045061.jpg

GorkhaDurbar_Sidhakura1-1771045058.jpg

GorkhaDurbar_Sidhakura3-1771045058.jpg

GorkhaDurbar_Sidhakura2-1771045058.jpg

Gorkha_sidhakuraa-1771045057.jpg

GorkhaDurbar_Sidhakura8-1771045061.jpg

तस्बिर : प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ज्ञानेन्द्र शाहलाई समर्थकहरुले त्रिभुवन बिमानस्थलमा यसरी गरे स्वागत (तस्बिरहरु)

ज्ञानेन्द्र शाहलाई समर्थकहरुले त्रिभुवन बिमानस्थलमा यसरी गरे स्वागत (तस्बिरहरु)

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान र राजावादी संस्थाहरुले शाहलाई स्वागतका लागि बिमानस्थल पुग्न आह्वान समेत गरेको थियो । प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि ठूलो...
नेपाल–इटालीको खेल अगाडी तीनकुनेमा कुमा सागरको सांगीतिक कार्यक्रम(तस्बिरहरु)

नेपाल–इटालीको खेल अगाडी तीनकुनेमा कुमा सागरको सांगीतिक कार्यक्रम(तस्बिरहरु)

मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालको खेल र इटालीको हुनु अगाडि काठमाडौंको तीनकुने, बसन्तपुर, टुँडिखेल र हाँडीगाउँ लगायत विभिन्न स्थानमा स्क्रिनिङ गरी म्याच हेर्नको लागि मानिसहरूको बाक्लो उपस्थिति देखिएको छ...
बजारमा ग्यास अभावको गुनासो बढेपछि निगमद्वारा कार्यालयबाटै बिक्री वितरण(तस्बिरहरु)

बजारमा ग्यास अभावको गुनासो बढेपछि निगमद्वारा कार्यालयबाटै बिक्री वितरण(तस्बिरहरु)

डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो ।
पौरखी हातहरु : बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू)

पौरखी हातहरु : बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू)

बारामा रहेको एक मात्र चिनी उद्योग रिलायन्स सुगर मिल्समा उखु बिक्री गर्न किसानहरू व्यस्त देखिन्छन्। सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ...