नेभिगेशन
सबै कुरा

एनसेल प्रकरणमा प्रचण्डको संलग्नता रहेको भन्दै अफवाह फैलाउने फटाहाहरुको मुखमा बुझो लागेको छ : प्रचण्ड

महोत्तरी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा प्रचण्ड र उनीहरुका परिवार संलग्न रहेको अफवाह फैलाउने फटाहाको अहिले मुखमा बुझो लागेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण महोत्सवमा सम्बोधन गर्दै उनले सांसदसमेत रहेको अमरेशकुमार सिंहलाई इंकित गर्दै  जनतालाई भ्रम छर्ने षड्यन्त्रअन्तर्गत प्रचारबाजी गरेको भन्दै उक्त अभिव्यक्ति दिएका हुन् । 

Ncell
Extreme Energy

कार्यक्रममा बोल्दै उनले भने, ‘एनसेलसम्बन्धी भएका गतिविधिको समग्र छानबिनका लागि समिति बनाएपछि ती फटाहाहरू जसले जानिबुझी सरकारले राम्रो काम गरेकोमा जनतालाई भ्रम दिने षड्यन्त्रअन्तर्गत प्रचारबाजी गरेका थिए, तिनीहरूको मुखमा अहिले बुजो लागेको छ ।’

त्यस्तै उनले आफू दुबईमा रहँदा एनसेलको सेयर बिक्री भएको खबर प्राप्त गरेको र नेपाल आउनासाथ गठबन्धन र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको समेत बताए। 

उनले आफू नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षमा थालेको कामले केही झुण्ड आत्तिएको समेत बताए ।  ‘अहिले मेरो नेतृत्वको सरकारले विश्वव्यापी रूपमा र देशभरि पनि सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा थालेका कामहरू, अर्थतन्त्र सुधारका निम्ति थालेका कामहरूबाट आतङ्कित भएर एनसेलमा अर्बौंको भ्रष्टाचार गर्‍यो प्रचण्डले भन्ने प्रचार भएको देखेँ मैले।’, प्रचण्डले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।