नेभिगेशन
सबै कुरा

राप्रपाको प्राथमिकता सत्ता नभई सडक हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडाैँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको प्राथमिकता सत्ता नभई सडक हुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले राप्रपाको एजेण्डालाई स्थापित गर्न अब पार्टीको प्राथमिकता सत्ता नभई सडक हुने बताएका हुन । बैठकले ठोस योजना र संकल्प तय गरेर सडक संघर्षलाई अघि बढाउने खाका तयार गर्ने उनले बताए ।

Ncell
Extreme Energy

राजसंस्था, हिन्दुराष्ट्रको पक्षधरबीच एकता, सहकार्य आवश्यक र सम्भव रहेको उहाले समान बिचार बोक्नेहरुले चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गर्न आह्वान गरे । आफुहरुको जनदवावले मुख्य दलहरुलाई सम्झौतामा आउन बाध्य बनाउने उनको दाबी छ । 

अध्यक्ष लिङ्देनले सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरुको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गरेको जिकिर गरे । दलहरुको गलत मार्गचित्रका कारण देश गलत बाटोतर्फ हिडिरहेको बताए ।

बैठकमा महामन्त्री डा.धवलशम्सेर राणाले बृहद आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले सचिवालय सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।