नेभिगेशन
सबै कुरा

हुलाकी राजमार्ग कालोपत्र गर्न भारतीय सीमा सुरक्षा बलबाट अवरोध : मन्त्री ज्वाला

काठमाडाैँ : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिमको बेलौरीस्थीत हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बलबाट अवरोध भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको बैठकमा मन्त्री ज्वालाले बेलौरीको पचुईस्थित नेपाल भारत सीमास्तम्भ रहेको स्थान नेपाली भूभागमा सडक कालोपत्र गर्न समेत भारतीय सुरक्षा बलको अवरोध कायम रहेको पाइएको बताएका हुन् । उनले सो क्षेत्रमा सीमा विवाद देखिएको र राजमार्ग निर्माणको काममा अवरोध रहनु मन्त्रालयको समस्यामा रुपमा रहेको धारणा राखे ।

Ncell
Extreme Energy

उनले यस बिषयमा समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिरहेको जानकारी दिए । संसदीय समितिले पनि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए हुलाकी राजमार्ग निर्माणको काम सहज ढंगले अघि बढ्ने उनले बताए । शुक्लाफाटा बन्यजन्तु आरक्षभित्रको सडक निर्माणका लागि सामाग्रीहरु लैजानका लागि समस्या रहेको भन्दै उनले समाधानको प्रयास भइरहको धारणा राखेका छन्  । 

त्यस्तै मन्त्री ज्वालाले रकमान्तर, भुक्तानीको समस्याबाट मन्त्रालय धेरै पिडित भएकाले सम्बन्धीत मन्त्रालयसंग संगै राखेर छलफल गराउदा उचित हुने जिकिर गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...