नेभिगेशन
सबै कुरा

हुलाकी राजमार्ग कालोपत्र गर्न भारतीय सीमा सुरक्षा बलबाट अवरोध : मन्त्री ज्वाला

काठमाडाैँ : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिमको बेलौरीस्थीत हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बलबाट अवरोध भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको बैठकमा मन्त्री ज्वालाले बेलौरीको पचुईस्थित नेपाल भारत सीमास्तम्भ रहेको स्थान नेपाली भूभागमा सडक कालोपत्र गर्न समेत भारतीय सुरक्षा बलको अवरोध कायम रहेको पाइएको बताएका हुन् । उनले सो क्षेत्रमा सीमा विवाद देखिएको र राजमार्ग निर्माणको काममा अवरोध रहनु मन्त्रालयको समस्यामा रुपमा रहेको धारणा राखे ।

Ncell
Extreme Energy

उनले यस बिषयमा समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिरहेको जानकारी दिए । संसदीय समितिले पनि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए हुलाकी राजमार्ग निर्माणको काम सहज ढंगले अघि बढ्ने उनले बताए । शुक्लाफाटा बन्यजन्तु आरक्षभित्रको सडक निर्माणका लागि सामाग्रीहरु लैजानका लागि समस्या रहेको भन्दै उनले समाधानको प्रयास भइरहको धारणा राखेका छन्  । 

त्यस्तै मन्त्री ज्वालाले रकमान्तर, भुक्तानीको समस्याबाट मन्त्रालय धेरै पिडित भएकाले सम्बन्धीत मन्त्रालयसंग संगै राखेर छलफल गराउदा उचित हुने जिकिर गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।