नेभिगेशन
समाज

पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा

पछिल्लो हवाई आक्रमण र सीमापार झडपपछि पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द्व अब ‘खुला युद्ध’ मा रूपान्तरित भएको घोषणा गरेको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत देशको ‘धैर्य समाप्त भएको’ जनाउँदै अब दुई देशबीच खुला युद्धको अवस्था सिर्जना भएको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नाटो सेना फिर्ता भएपछि पाकिस्तानले अफगानिस्तानमा शान्ति स्थापना हुने अपेक्षा गरेको तर तालिबान सरकारले त्यसको विपरीत बाटो रोजेको आरोप लगाए ।

Extreme Energy
citizen life

तालिबानले अफगान जनताको कल्याण र क्षेत्रीय स्थिरतामा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिए पनि अफगानिस्तानलाई ‘भारतको उपनिवेश’ बनाइएको, विश्वभरका उग्रवादीलाई एकत्रित गरिएको र ‘आतङ्कवाद निर्यात’ सुरु गरिएको उनको दाबी थियो । “हाम्रो धैर्य अब समाप्त भएको छ । अब हामीबीच खुला युद्ध छ”, उनले उल्लेख गरे । उनका अभिव्यक्तिबारे अफगान सरकारी अधिकारीहरूको तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

रक्षामन्त्री आसिफको टिप्पणी पाकिस्तानले काबुल, कान्दाहार र पक्तिया प्रान्तमा हवाई आक्रमण गरेको केही घण्टापछि सार्वजनिक भएको हो । पाकिस्तानी अधिकारीहरू र अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार यी आक्रमणहरू अफगानिस्तानबाट भएको सीमापार आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको दाबी गरिएको छ ।

केही महिनाअघि कतार र टर्कीको मध्यस्थतामा युद्धविराम भएको भए पनि पछिल्लो घटनाक्रमले तनाव पुनः चुलिएको देखिएको छ । दुवै देशले एकअर्कालाई ठूलो क्षति पुर्‍याएको दाबी गरेका छन् तर ती विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले रातिको समयमा भएको कारबाहीमा ५५ पाकिस्तानी सैनिक मारिएको, केहीको शव अफगानिस्तानतर्फ लगिएको र ‘धेरैलाई जीवितै नियन्त्रणमा लिइएको’ जनाएको छ । मन्त्रालयका अनुसार आठ अफगान सैनिक मारिएका र ११ जना घाइते भएका छन् ।

१९ पाकिस्तानी चौकी र दुई आधार ध्वस्त पारिएको तथा बिहीबार सुरु भएको झडप करिब चार घण्टापछि मध्यरातमा रोकिएको दाबी गरिएको छ । यता पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले दुई पाकिस्तानी सैनिक मारिएको र तीन जना घाइते भएको जानकारी दिए ।

प्रधानमन्त्री शाहबाज सरिफका प्रवक्ता मुशर्रफ अली जैदीले कुनै पनि पाकिस्तानी सैनिक पक्राउ परेको दाबी अस्वीकार गर्दै कम्तीमा १३३ अफगान लडाकू मारिएको र २०० भन्दा बढी घाइते भएको उल्लेख गरे । उनका अनुसार २७ अफगान चौकी ध्वस्त पारिएका र नौ जना लडाकूलाई नियन्त्रणमा लिइएको छ ।

हताहत कहाँ भएका भन्ने स्पष्ट नगरिए पनि काबुल, पक्तिया र कान्दाहारका सैन्य लक्ष्यमा आक्रमणबाट ठूलो क्षति पुगेको अनुमान गरिएको उनले जनाए । इस्लामाबादस्थित दुई वरिष्ठ सुरक्षा अधिकारीले केही सीमा चौकीमा अफगान सेनाले सेतो झण्डा उठाएको दाबी गरेका छन्, जसलाई सामान्यतः गोलीबारी रोक्ने सङ्केतका रूपमा लिइन्छ ।

नाम उल्लेख नगर्ने सर्तमा उनीहरूले पाकिस्तानी सेनाले अफगान तालिबानको ‘अप्रेरित आक्रमण’ को कडा जवाफ दिएको र सीमावर्ती क्षेत्रका महत्त्वपूर्ण तालिबान चौकीहरू ध्वस्त पारेको बताएका छन् ।

रक्षामन्त्री आसिफले तालिबान सरकारले महिलासहितका आधारभूत मानव अधिकारलाई इस्लाम अन्तर्गत प्रत्याभूत गरिएका अधिकारसमेत बेवास्ता गरेको आरोप पनि लगाए । यद्यपि त्यसबारे विस्तृत प्रमाण प्रस्तुत गरिएको छैन । पाकिस्तानले प्रत्यक्ष र मित्र राष्ट्रमार्फत स्थिरता कायम गर्न प्रयास गरेको तर पाकिस्तानलाई लक्षित गरी आक्रामकता बढेपछि आफ्ना सशस्त्र बलले ‘निर्णायक जवाफ’ दिएको उनको भनाइ थियो ।

तनाव बढेसँगै मानवीय असर पनि देखिन थालेको छ । पाकिस्तानका अधिकारीहरूले उत्तरपश्चिमी तोरखाम नाकाबाट फर्किन प्रतीक्षारत दर्जनौँ अफगान शरणार्थीलाई झडप फैलिएपछि सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

पाकिस्तानले अक्टोबर २०२३ देखि कागजातविहीन आप्रवासीविरुद्ध व्यापक कारबाही सुरु गरेको थियो । त्यसक्रममा धेरैलाई गिरफ्तारी र जबरजस्ती निष्कासनबाट जोगिन देश छाड्न आग्रह गरिएको थियो भने अरूलाई निष्कासन गरिएको थियो । इरानले पनि सोही समयमा आप्रवासीविरुद्ध कडाइ सुरु गरेको थियो ।

त्यसयता लाखौँ मानिसहरू सीमा पार गर्दै अफगानिस्तान फर्किएका छन् । तीमध्ये दशकौँअघि पाकिस्तानमा जन्मिएर त्यहीँ जीवन र व्यवसाय स्थापना गरेका व्यक्ति पनि समावेश छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार गत वर्ष मात्र २९ लाख मानिस अफगानिस्तान फर्किएका थिए भने यस वर्ष अहिलेसम्म करिब ८० हजार जना फर्किसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकी सहायक विदेशमन्त्री समीर पल काठमाडौँमा

अमेरिकी सहायक विदेशमन्त्री समीर पल काठमाडौँमा

उनी आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी तीन दिन काठमाडौँमा बिताउने छन् । रास्वपा नेतृत्वमा नयाँ सरकार बनेसँगै सम्बन्ध विस्तारका लागि नेपाल आएका कपुरले काठमाडौँ बसाईका क्रममा...
काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी, काठमाडौँ–दिल्ली उडान सेवा विस्तार

काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी, काठमाडौँ–दिल्ली उडान सेवा विस्तार

निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले...
आजको मौसमः यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आजको मौसमः यी प्रदेशमा हल्का वर्षाको सम्भावना

कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ...
चितवनमा आइतबार परेको असिनाले ७४ सवारीसाधनमा क्षति

चितवनमा आइतबार परेको असिनाले ७४ सवारीसाधनमा क्षति

कायर्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार क्षति पुगेका सवारीसाधनहरु कार ५७ , माइक्रो बस १५ , मोेटरसाइकल र ट्रक एक÷एक छन् ।