नेभिगेशन
समाज

‘स्ट्रबेरी’खेतीले बढायो ‘एग्रो–टुरिजम’को आकर्षण

चितवन । भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ ।

विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको यस फर्मले स्ट्रबेरीखेतीसँगै एग्रो–टुरिजम प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फर्मका सञ्चालकमध्येका प्रमुख ससन देवकोटा नौ वर्षअघि अमेरिका बसाइबाट नेपाल फर्किएका हुन । अमेरिकामा उच्च शिक्षा हासिल गरी उनले एग्रो–टुरिजम मोडलमा आधारित कृषि व्यवसाय सुरु गरेका थिए । “हामीले एग्रो–टुरिजम मोडलमा स्ट्रबेरी फर्म सञ्चालन गरेका छौँ । यहाँ आउने आगन्तुकले आफैँ स्ट्रबेरी टिपेर लैजान सक्छन्”, उनले भने ।

Extreme Energy
citizen life

स्ट्रबेरीखेती एक बिघा क्षेत्रफलमा फैलिएको छ भने समग्र फर्म पाँच बिघामा विस्तार गरिएको छ । फर्ममा चार जना स्थायी कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा आठदेखि १० जनासम्म कामदार खटिने गरेका छन् । यस वर्षदेखि आधुनिक तरीकाबाट स्ट्रबेरीसँगै टमाटर, क्याप्सिकम र खोर्सानी खेतीसमेत सुरु गरिएको छ ।

देवकोटाका अनुसार यहाँ स्ट्रबेरी उत्पादनको मुख्य समय करिब ५० दिनसम्म रहन्छ । सुरुआती वर्षमा अनुसन्धान गर्दै उपयुक्त जात छनोट गरिएको उहाँ बताउनुहुन्छ । विशेषगरी अमेरिकन भेराइटीका स्ट्रबेरी तराई क्षेत्रमा राम्रो हुने भएकाले सोही जात लगाइएको छ ।

उक्त बिरुवा मूलतः अमेरिकामा विकास गरिएको र हाल इजिप्टस्थित नर्सरीबाट आयात हुने गरेको उनको भनाइ छ । आगामी वर्षदेखि बिरुवा स्वदेशमै उत्पादन गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

“स्ट्रबेरीले अहिले एग्रो–टुरिजमलाई राम्रोसँग प्रवद्र्धन गरेको छ”, उनले भने । एग्रो–टुरिजममार्फत कृषिसँग प्रत्यक्ष जोडिने अवसर मिल्ने भएकाले बालबालिका तथा विद्यार्थीका लागि यो उपयोगी माध्यम बनेको उनको अनुभव छ ।

विभिन्न कृषि कलेजका विद्यार्थीले फर्ममा अध्ययन तथा अनुसन्धानसमेत गर्दै आएका छन् । व्यावहारिक शिक्षामा यसले टेवा पुर्‍याएको देवकोटाको भनाइ छ । देवकोटाका अनुसार पहाडी भेगमा पाइने भुइँ ऐँसेलु जातका स्ट्रबेरी समुद्री सतहबाट करिब १७ सयदेखि १९ सय मिटर उचाइमा राम्रो फल्ने गर्छन् ।

“एग्रो–टुरिजमको सम्भावना नेपालमा धेरै छ”, देवकोटाले भने, “अहिले मानिस कृषिसँग जोडिने रहर राख्छन् । केहीले भने पैसा कमाएर खेती छोड्ने अवस्था पनि देखिन्छ । तर जति कमाए पनि अन्ततः खानैपर्छ भन्ने कुरा बिर्सेर खेती छोडेका छन् । हाम्रो टिमको उद्देश्य भने कृषि पढेर कृषिमै रमाउन सकिन्छ भन्ने सोचको विकास गर्नु हो ।” उनले आगामी दिनमा अन्य स्थानमा पनि एग्रो–टुरिजम विस्तार गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

यस याममा आरक्षका ब्लकहरु सुनदहमा दुई नाउर र दुई झारल, सेङमा दुई नाउर, दोगाडीमा पाँच नाउर, बार्सेमा एक नाउर, फागुनेमा एक नाउर र एक झारल तथा घुस्तुङमा दुई...
चम्चाले थाल ठटाउँदै  सुकुम्बासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्विरहरु)

चम्चाले थाल ठटाउँदै  सुकुम्बासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्विरहरु)

काठमाडौँको माइतीघर मण्डलामा सुकुम्बासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ । बिना विकल्प र उचित व्यवस्थापन नगरी देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर बिचल्ली बनाएको आरोप लगाउँदै उनीहरूले हातमा थाल...
कार्यक्षमताको हिसाबले नै मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको होः सरकार

कार्यक्षमताको हिसाबले नै मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको होः सरकार

उनले थपे, ‘त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि राजनीतिक पृष्ठभूमिको आइराख्नुभएको छ भन्ने कुरा आइरहेको छ। अब त्यहाँबाट संवैधानिक परिषद्को पनि आआफ्नै टीका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो।...
२८ गते बस्ने संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

२८ गते बस्ने संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते सोमबार दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने र उक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको...