नेभिगेशन
समाज

विश्वको सबैभन्दा प्रदूषित सहरहरु मध्ये पाँचौं स्थानमा काठमाडौँ(तस्बिरहरु)

काठमाडौँ । राजधानी काठमाडौं शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरहरु मध्ये पाँचौं बनेको छ। विश्वका प्रमुख सय सहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ।

उक्त संस्थाका अनुसार शुक्रबार वायु गुणस्तर सूचकांक (एक्युआई) १५८ अंक पुगेको छ। यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तह हो। प्रदूषित सहरहरु मध्ये भेतनामको हनोई १६४, पाकिस्तानको लाहोर १६२, इन्डियाको कोलकत्ता र दिल्ली १६० अंक सहित पहिलो, दोश्रो, तेश्रो र चौथौ प्रदूषित सहर बनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावका हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा अंक विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ। मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर यो तहमा खुला ठाउँमा कुनै शारीरिक गतिविधि नगर्न सुझाइन्छ।

Ncell
Extreme Energy

त्यस्तो अवस्थामा घरभित्रै बस्न हितकर ठानिन्छ। वैजनी रङभन्दा माथिको तह अर्थात् ३०० भन्दा माथिको एक्युआईलाई मरुन रङ दिइएको छ, जुन जनस्वास्थ्यका लागि घातक तह मानिन्छ।

विशेषगरी डिजेलमा आधारित सवारीसाधनले गर्ने उत्सर्जन, वनजंगलमा डढेलो लाग्दा निस्कने धुवाँ, इँटा कारखानाले गर्ने उत्सर्जन, कृषि अवशेष जलाउँदा हुने उत्सर्जन तथा फोहोर बाल्दा हुने उत्सर्जन वायु प्रदूषणको प्रमुख कारण मानिँदै आएको छ।

शरीरका अधिकांश अंगलाई असर पार्ने वायु प्रदूषणका कारण पछिल्ला वर्षहरूमा विशेषगरी श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटुरोग, हाइपर टेन्सन, मस्तिष्कघातका बिरामीको संख्या बढेको देखिएको छ। तस्बिरः प्रकाश चन्द तिमिल्सेना र नेपाल फोटो लाइब्रेरी

weather-ktm10-1772185059.jpg

weather-ktm11-1772185059.jpg

weather-ktm8-1772185058.jpg

weather-ktm9-1772185058.jpg

weather-ktm5-1772185056.jpg

weather-ktm7-1772185057.jpg

weather-ktm6-1772185057.jpg

weather-ktm2-1772185054.jpg

weather-ktm3-1772185054.jpg

weather-ktm-1772185052.jpg

weather-ktm1-1772185052.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ।...
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी...
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।