नेभिगेशन
समाज

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैले जिम्मेवारी पूरा गर्नुपर्नेः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् ।

नेकपा नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले अहिले विषम परिस्थितिमा निर्वाचन हुन लागेको भन्दै सुरक्षा निकाय, निर्वाचन आयोग लगाएत सवैले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका सेना, प्रहरी लगाएत सवैमाथि भरोसा भएपनि सबै जिम्मेवार हुन नसके भाद्र २४ को जस्तै घटना दोहरिन सक्ने उनले बताए । प्रचण्डले कुनैपनि हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न नहुने धारणा राखेका थिए।

Ncell
Extreme Energy

नेकपाले अहिले कसैसँग कुनै तालमेल नगर्ने र जनतामा भरमा अग्नि परीक्षा पार गर्ने उल्लेख गर्दै प्रचण्डले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउन सके एक नम्बर पार्टी बनाउन कसैले रोक्न नसक्ने दावी गरे । भाद्र २३ गते युवाहरुमाथि दमन गर्ने अतिवादी अहंकारी प्रवृत्ति र भाद्र २४ गते विध्वंश मच्चाउने देशी विदेशी प्रतिक्रियावादीहरूका विरुद्ध नेकपा खडा भएको उनले बताए ।

प्रचण्डले देशैभरको अवस्था हेर्दा नेकपाको पक्षमा उभारको स्थिति देखा परेको र पुराना भनिएका अन्य पार्टीहरु निकै असहज र अप्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गरेका थिए । उनले निर्वाचनका क्रममा धाँधली हुन नदिन सवै बुथ र वडामा आवश्यक तयारी गर्न सर्कुलर समेत जारी गरिएको जानकारी दिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हेटौँडा कपडा उद्योग चलाउने प्रयास ‘राजनीतिक स्टन्ट’ मात्रै नबनोस् : शंकर पोखरेल

हेटौँडा कपडा उद्योग चलाउने प्रयास ‘राजनीतिक स्टन्ट’ मात्रै नबनोस् : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारको प्रयासप्रति प्रश्न उठाउँदै उद्योगलाई दिगो रूपमा सञ्चालन गर्ने स्पष्ट योजना आवश्यक रहेको बताएका छन् ।
तिलकुमारी पराजुलीको अन्तिम संस्कार आज, श्रीमानको कुशको शव बनाएर दाहसंस्कार गरिँदै

तिलकुमारी पराजुलीको अन्तिम संस्कार आज, श्रीमानको कुशको शव बनाएर दाहसंस्कार गरिँदै

सुनकोशी नदीमा मृत अवस्थामा फेला परेकी मण्डनदेउपुर–७, कुन्तावेसीकी तिलकुमारी पराजुलीको आज अन्तिम संस्कार गरिने भएको छ ।
देशभरका शिवालयमा भक्तजनको घुइँचो

देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।