नेभिगेशन
सबै कुरा

फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै कानुनी अड्चन फुकाईदिन प्रधानमन्त्रीलाई बालेनको आग्रह

ललितपुर : काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न समस्या भइरहेका कारण त्यसलाई संघीय सरकारले सहज बनाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा संघीय सरकार र स्थानीय सरकारको कानुन एकआपसमा बाझिएका कारण काम गर्न असहज भएको भन्दै उक्त अड्चन फुकाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 

Ncell
Extreme Energy

त्यस्तै कार्यक्रममा बोल्दै बालेनले काठमाडौँ र ललितपुर महानगरपालिकाको विकास सँगसँगै हुनुपर्ने बताएका छन् । दुवै महानगर एकआपसमा परस्पर सम्बन्ध भएका महानगरपालिका भएका कारण दुवैको विकास सँगसँगै हुनुपर्ने उनले बताए ।

 ‘काठमाडौं एक्लै बनेर पनि राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि राम्रो देखिँदैन । सबैलाई काठमाडौं एउटै हो भन्ने लाग्छ । ललितपुरमा आए पनि काठमाडौं आएजस्तो लाग्छ, काठमाडौं आए पनि ललितपुर आएजस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैचोटी हुनुपर्छ ।’, उनले थपे, ‘कोही पहिलो, कोही दोस्रो, कोही तेस्रो भन्दा पनि हामी एकैचोटी अगाडि बढ्नुपर्ने देखिन्छ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...