नेभिगेशन
सबै कुरा

फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै कानुनी अड्चन फुकाईदिन प्रधानमन्त्रीलाई बालेनको आग्रह

ललितपुर : काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न समस्या भइरहेका कारण त्यसलाई संघीय सरकारले सहज बनाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा संघीय सरकार र स्थानीय सरकारको कानुन एकआपसमा बाझिएका कारण काम गर्न असहज भएको भन्दै उक्त अड्चन फुकाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 

Ncell
Extreme Energy

त्यस्तै कार्यक्रममा बोल्दै बालेनले काठमाडौँ र ललितपुर महानगरपालिकाको विकास सँगसँगै हुनुपर्ने बताएका छन् । दुवै महानगर एकआपसमा परस्पर सम्बन्ध भएका महानगरपालिका भएका कारण दुवैको विकास सँगसँगै हुनुपर्ने उनले बताए ।

 ‘काठमाडौं एक्लै बनेर पनि राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि राम्रो देखिँदैन । सबैलाई काठमाडौं एउटै हो भन्ने लाग्छ । ललितपुरमा आए पनि काठमाडौं आएजस्तो लाग्छ, काठमाडौं आए पनि ललितपुर आएजस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैचोटी हुनुपर्छ ।’, उनले थपे, ‘कोही पहिलो, कोही दोस्रो, कोही तेस्रो भन्दा पनि हामी एकैचोटी अगाडि बढ्नुपर्ने देखिन्छ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।