नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीले चाहे एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पुग्ने समयमा खोला अतिक्रमणको समस्या समाधान हुन्छ : बालेन (भिडियाेसहित)

काठमाडौँ  : काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह काठमाडौँमा रहेको खोला अतिक्रमणको समस्या प्रधानमन्त्रीले चाहेमा प्रधानमन्त्री एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पुग्ने समयमा खोला समाधान हुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले ललितपुरमा खोला अतिक्रमणको समस्या नरहेको तर काठमाडौँमा भएका कारण यदि प्रधानमन्त्रीले चाहे प्रधानमन्त्री एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पुग्ने समयसम्म उक्त समस्या समाधान गर्न सकिने बताएका हुन् ।


‘कुनै कुनै अतिक्रमण हामी स्थानीय सरकारले चाहे पनि रोक्न सक्छौँ । तर  खोला अतिक्रमणको विषय सम्मानित प्रधानमन्त्रीलाई आग्रह गर्न चाहेँ । यदि सम्मानित प्रधानमन्त्रीले चाहानुभयो भने, अहिले यहाँ कार्यक्रमबाट अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो त्यो ।’ उनले थपे, ‘प्रधानमन्त्रीले चाहानुभयो भने, गृहमन्त्रीले चाहानुभयो भने ५ मिनेट देखि १ घण्टाभित्र सल्टिने समस्या पनि छन् । ’

त्यस्तै उनले सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न समस्या भइरहेका कारण त्यसलाई संघीय सरकारले सहज बनाइदिन समेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा संघीय सरकार र स्थानीय सरकारको कानुन एकआपसमा बाझिएका कारण काम गर्न असहज भएको भन्दै उनले उक्त अड्चन फुकाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।