नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीले चाहे एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पुग्ने समयमा खोला अतिक्रमणको समस्या समाधान हुन्छ : बालेन (भिडियाेसहित)

काठमाडौँ  : काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह काठमाडौँमा रहेको खोला अतिक्रमणको समस्या प्रधानमन्त्रीले चाहेमा प्रधानमन्त्री एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पुग्ने समयमा खोला समाधान हुने बताएका छन् । 


ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले ललितपुरमा खोला अतिक्रमणको समस्या नरहेको तर काठमाडौँमा भएका कारण यदि प्रधानमन्त्रीले चाहे प्रधानमन्त्री एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पुग्ने समयसम्म उक्त समस्या समाधान गर्न सकिने बताएका हुन् ।


‘कुनै कुनै अतिक्रमण हामी स्थानीय सरकारले चाहे पनि रोक्न सक्छौँ । तर  खोला अतिक्रमणको विषय सम्मानित प्रधानमन्त्रीलाई आग्रह गर्न चाहेँ । यदि सम्मानित प्रधानमन्त्रीले चाहानुभयो भने, अहिले यहाँ कार्यक्रमबाट अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो त्यो ।’ उनले थपे, ‘प्रधानमन्त्रीले चाहानुभयो भने, गृहमन्त्रीले चाहानुभयो भने ५ मिनेट देखि १ घण्टाभित्र सल्टिने समस्या पनि छन् । ’

त्यस्तै उनले सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न समस्या भइरहेका कारण त्यसलाई संघीय सरकारले सहज बनाइदिन समेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा संघीय सरकार र स्थानीय सरकारको कानुन एकआपसमा बाझिएका कारण काम गर्न असहज भएको भन्दै उनले उक्त अड्चन फुकाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...