नेभिगेशन
सबै कुरा

बालेन्द्रजी, आफूले बोलेपछि अरु बोलेको पनि सुन्नपर्यो : प्रधानमन्त्री

काठमाडाैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको क्रियाकलापमाथि प्रश्न गरेका छन् ।

ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बालेनले आफू बोलेर अरु बोल्ने समयमा उठेर हिँडेको भन्दै त्यस्तो स्वभावले आफूलाई इरिटेसन हुने बताएका हुन् । 

सुरुमा आफूले सम्बोधन गरेर अरुले सम्बोधन गर्ने समयमा बालेन उठेर हिँडेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बालेन्द्रजी पहिले बोलेर हिँडिहाल्नुभयो। पहिला बोलेर अरुका कुरा नसुनी हिँडिहाल्नेसँग मलाई अलिक इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न नबस्ने यो त ठीक भए। अरुका कुरा सुन्न पनि बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने बेलासम्म बसेर कुरा सुन्नुपर्छ।’

त्यस्तै उनले आफूसमेत सहभागी भएको कार्यक्रममा पटक पटक बालेनले सुकुम्बासीको समस्यामा, तीनकुनेको खाली जग्गाको समस्यामा, फोहोर व्यवस्थापनको समस्यामा सरकारले सहयोग नगरको बताउने गरेको तर आजका दिनसम्म बालेनले उक्त विषयमा आफूहरुसँग कतिपटक छलफल  गरे भन्दै प्रश्न गरेका छन् ।

‘तपाईँले ती समस्याका लागि हामीसँग कति पटक बैठक बस्नु भयो सिंहदरबारमा?, उनले प्रश्न गरे, ‘म जस्तो सहयोगी प्रधानमन्त्री अर्को को पाउनु हुन्छ? ती कुराबारे रिकोग्नाइज गर्न तपाईं किन डराउनु हुन्छ ? ललितपुर र भक्तपुरलाई संयोजन गर्ने जिम्मा पनि बालेन्द्रजीसँग छ। प्रधानमन्त्रीले बल गर्दैछ भन्ने किन देख्नु भएन ?’

उनले आफूले महानगरको विकासमा काम गरेको भएपनि बालेनले आफूमाथि सँधै प्रश्न मात्रै गर्ने गरेको आफूहरुलाई जस नदिएको उनले गुनासो पोखे । उनले भने ‘उहाँलाई म भन्न चाहन्छु, बागमतीको हस्तक्षेप वा तीनकुने वा फोहोरको विषयमा अहिले प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोकेको छ ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...