नेभिगेशन
सबै कुरा

बालेन्द्रजी, आफूले बोलेपछि अरु बोलेको पनि सुन्नपर्यो : प्रधानमन्त्री

काठमाडाैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको क्रियाकलापमाथि प्रश्न गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बालेनले आफू बोलेर अरु बोल्ने समयमा उठेर हिँडेको भन्दै त्यस्तो स्वभावले आफूलाई इरिटेसन हुने बताएका हुन् । 

Ncell
Extreme Energy

सुरुमा आफूले सम्बोधन गरेर अरुले सम्बोधन गर्ने समयमा बालेन उठेर हिँडेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बालेन्द्रजी पहिले बोलेर हिँडिहाल्नुभयो। पहिला बोलेर अरुका कुरा नसुनी हिँडिहाल्नेसँग मलाई अलिक इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न नबस्ने यो त ठीक भए। अरुका कुरा सुन्न पनि बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने बेलासम्म बसेर कुरा सुन्नुपर्छ।’

त्यस्तै उनले आफूसमेत सहभागी भएको कार्यक्रममा पटक पटक बालेनले सुकुम्बासीको समस्यामा, तीनकुनेको खाली जग्गाको समस्यामा, फोहोर व्यवस्थापनको समस्यामा सरकारले सहयोग नगरको बताउने गरेको तर आजका दिनसम्म बालेनले उक्त विषयमा आफूहरुसँग कतिपटक छलफल  गरे भन्दै प्रश्न गरेका छन् ।

‘तपाईँले ती समस्याका लागि हामीसँग कति पटक बैठक बस्नु भयो सिंहदरबारमा?, उनले प्रश्न गरे, ‘म जस्तो सहयोगी प्रधानमन्त्री अर्को को पाउनु हुन्छ? ती कुराबारे रिकोग्नाइज गर्न तपाईं किन डराउनु हुन्छ ? ललितपुर र भक्तपुरलाई संयोजन गर्ने जिम्मा पनि बालेन्द्रजीसँग छ। प्रधानमन्त्रीले बल गर्दैछ भन्ने किन देख्नु भएन ?’

उनले आफूले महानगरको विकासमा काम गरेको भएपनि बालेनले आफूमाथि सँधै प्रश्न मात्रै गर्ने गरेको आफूहरुलाई जस नदिएको उनले गुनासो पोखे । उनले भने ‘उहाँलाई म भन्न चाहन्छु, बागमतीको हस्तक्षेप वा तीनकुने वा फोहोरको विषयमा अहिले प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोकेको छ ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।