नेभिगेशन
सबै कुरा

एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाख बराबरका पोशाक उपलब्ध गराएका हुन् ।

Ncell
Extreme Energy

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई उक्त सामग्री प्रदान गरेका थिए ।

विद्यालयका सल्लाहकारसमेत रहेका केसीले विगतदेखि नै विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले बताए ।

कार्यक्रममा विद्यालयले सहयोगदाता केसीलाई सम्मान गरेको छ । वडा सदस्य जितबहादुर खत्री, विद्यालयका अध्यक्ष सुवेदी, प्रधानाध्यापक विजय शर्माले सहयोगदाता केसीलाई सम्मान गरेका थिए ।

प्रावि स्थायी दरबन्दी रहेको यस विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुन्छ भने जिल्लामै एकमात्र दृष्टिविहीन स्रोत कक्षासमेत सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...