नेभिगेशन
सबै कुरा

एनसेलको सेयर खरिदबिक्री अस्वभाविक छ, कानुनविपरीत पाइए हदैसम्मको कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिदबिक्रीका अस्वभाविक रहेको बताएका छन् । उनले आफू विदेश भएको समयमा सो क्रियाकलाप भएको थाहा पाएको र आउनासाथ छानविन गर्न समिति समेत बनाइसकेका कारण अनुसन्धानबाट कानुनविपरीत भएको पाइए हदैसम्म कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै प्रचण्डले एनसेलको सेयर खरिदबिक्रीका क्रममा कानुनविपरीत गतिविधि भएको पाइएकाले छानबिन समिति गठन गरिएको र छानबिन समितिबाट देखिएका निष्कर्षका आधारमा सरकारले हदैसम्मको कारबाही गर्ने बताए । 

Ncell
Extreme Energy

‘प्रतिवेदन प्राप्त भएपछि सरकारले नियमन, विदेशी लगानी र विदेशी मुद्रा सटही तथा करको विषयमा आवश्यक कदम चालिन्छ ।’ उनले थपे, ‘एनसेल खरिदबिक्रीमा कहीँ न कहीँ केही न केही भएको शंका लागेकोले छानबिन गरिएको हो । दोषी भए हदैसम्म कारबाही हुन्छ ।’

त्यस्तै उनले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गर्दैं भनेका छन्, ‘जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको पनि हो । सहज छैन, स्वाभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नु परेको हो, यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो ।’



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...