नेभिगेशन
सबै कुरा
राज्य व्यवस्था तथा सुशासन समिति :

प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्न : छानविन गर्ने निकाय हुँदाहुँदै करछली गरेको कुरा लुकाउने व्यक्तिलाई किन संयोजक बनाएको ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल प्रकरणमा छानविन गर्न अधिकारप्राप्त निकाय हुँदाहुँदै करछली गरेको कुरा लुकाउने व्यक्तिलाई नै संयोजक बनाएर किन छानबिन समिति बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका प्रचण्डलाई लामिछानेले छानबिन गर्ने निकाय हुँदाहुँदै किन समिति बनाएको भन्दै प्रश्न गरेका हुन् । ‘तत्कालीन अर्थमन्त्रीले नै किन्ने ले होइन बेच्नेले कर तिर्नुपर्छ भन्नुभएको थियो । नियामक निकाय प्राधिकरणलाई के भएको हो ? आएका प्रश्न अनुत्तरित हुनुहुँदैन । महालेखाको ५५ औँ प्रतिवेदनमा महालेखाको करछली लुकाइएको छ । त्यसै महालेखापरीक्षकलाई किन छानबिन समितिको संयोजक बनाइयो ?,’ उनले थपे, ‘एनसेलमा सधैँभरि कानूनलाई झुक्याउने काम भएको छ । कागजमा नेपाली स्वामित्व देखाउने कार्य भएको छ । प्रधानमन्त्रीको आशीर्वादले चल्ने होइन । आदेश कार्यान्वयन नभएको भनेर त बेला बेला बोलिरहनुभएकै छ त । ऐनमा भएका अफ्ट्यारालाई सुधार गर्न प्रतिबद्ध हुनुहुन्छ कि नाइँ ? भन्दै प्रश्नै प्रश्न गरेका छन् । २०८६ भदौ १५ अगाडी मात्रै सेयर खरिदबिक्री गर्न पाइने रहेछ । कानूनमा टेकेर उसले पाउने रहेछ । यो कमजोरलाई सच्चाउने कि नसच्याउने ?’

City Express

त्यस्तै काम गर्न अधिकार भएका निकायलाई सरकारले नै निकम्मा बनाएको उनले आरोप लगाएका छन् । ‘दूरसञ्चार प्राधिकरणले आफ्नो क्षेत्राधिकार भित्र रहेर कारबाही गर्ने होइन र ? हाम्रा निकायलाई किन निकम्मा बनाइरहनुभएको छ ? कर तिर्नुपर्छ भन्ने भन्ने सिकाउने हो कि होइन ? प्रणाली बनाउनेतिर ध्यान दिएनौँ भने कोल्याप्सको बाटोमा जान्छौँ । प्रधानमन्त्रीलाई गरौँ भने लाखौँ प्रश्न छन् ।’, उनले भने ।

त्यस्तै उनले प्रधानमन्त्रीको एक वर्षको कार्यकाल पूरा हुँदासमेत न्यूनतम साझा कार्यक्रममा गरेको प्रतिबद्धता कहाँ पुग्यो भन्दै प्रश्न गरेका छन्, उनले भनेका छन्, ‘तपाईँ प्रधानमन्त्री भएको एक वर्ष भयो ? तपाइले गरेको न्यूनतम साझा कार्यक्रममा गरेको प्रतिबद्धता कहाँ पुग्यो ? मन्त्रिपरिषद्को सम्पत्ति विवरण किन लुकाइएको हो ? मन्त्रिपरिषद् बैठकले नै सम्पत्ति विवरण सार्वजनिक गर्ने भनेर मन्त्रिपरिषद् बैठकले नै गरिसकेको छ । किन त्यो कार्यान्वयन नगर्नुभएको हो ?’

बैठकमा पुगेका प्रचण्डलाई उपस्थित सांसदले एनसेल प्रकरण तपाईँकै परिवार संलग्न रहेको भन्ने विषय बाहिर आएको छ नि भन्दै प्रश्नसमेत गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...