नेभिगेशन
सबै कुरा
राज्य व्यवस्था तथा सुशासन समिति :

प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्न : छानविन गर्ने निकाय हुँदाहुँदै करछली गरेको कुरा लुकाउने व्यक्तिलाई किन संयोजक बनाएको ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल प्रकरणमा छानविन गर्न अधिकारप्राप्त निकाय हुँदाहुँदै करछली गरेको कुरा लुकाउने व्यक्तिलाई नै संयोजक बनाएर किन छानबिन समिति बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका प्रचण्डलाई लामिछानेले छानबिन गर्ने निकाय हुँदाहुँदै किन समिति बनाएको भन्दै प्रश्न गरेका हुन् । ‘तत्कालीन अर्थमन्त्रीले नै किन्ने ले होइन बेच्नेले कर तिर्नुपर्छ भन्नुभएको थियो । नियामक निकाय प्राधिकरणलाई के भएको हो ? आएका प्रश्न अनुत्तरित हुनुहुँदैन । महालेखाको ५५ औँ प्रतिवेदनमा महालेखाको करछली लुकाइएको छ । त्यसै महालेखापरीक्षकलाई किन छानबिन समितिको संयोजक बनाइयो ?,’ उनले थपे, ‘एनसेलमा सधैँभरि कानूनलाई झुक्याउने काम भएको छ । कागजमा नेपाली स्वामित्व देखाउने कार्य भएको छ । प्रधानमन्त्रीको आशीर्वादले चल्ने होइन । आदेश कार्यान्वयन नभएको भनेर त बेला बेला बोलिरहनुभएकै छ त । ऐनमा भएका अफ्ट्यारालाई सुधार गर्न प्रतिबद्ध हुनुहुन्छ कि नाइँ ? भन्दै प्रश्नै प्रश्न गरेका छन् । २०८६ भदौ १५ अगाडी मात्रै सेयर खरिदबिक्री गर्न पाइने रहेछ । कानूनमा टेकेर उसले पाउने रहेछ । यो कमजोरलाई सच्चाउने कि नसच्याउने ?’

Ncell
Extreme Energy

त्यस्तै काम गर्न अधिकार भएका निकायलाई सरकारले नै निकम्मा बनाएको उनले आरोप लगाएका छन् । ‘दूरसञ्चार प्राधिकरणले आफ्नो क्षेत्राधिकार भित्र रहेर कारबाही गर्ने होइन र ? हाम्रा निकायलाई किन निकम्मा बनाइरहनुभएको छ ? कर तिर्नुपर्छ भन्ने भन्ने सिकाउने हो कि होइन ? प्रणाली बनाउनेतिर ध्यान दिएनौँ भने कोल्याप्सको बाटोमा जान्छौँ । प्रधानमन्त्रीलाई गरौँ भने लाखौँ प्रश्न छन् ।’, उनले भने ।

त्यस्तै उनले प्रधानमन्त्रीको एक वर्षको कार्यकाल पूरा हुँदासमेत न्यूनतम साझा कार्यक्रममा गरेको प्रतिबद्धता कहाँ पुग्यो भन्दै प्रश्न गरेका छन्, उनले भनेका छन्, ‘तपाईँ प्रधानमन्त्री भएको एक वर्ष भयो ? तपाइले गरेको न्यूनतम साझा कार्यक्रममा गरेको प्रतिबद्धता कहाँ पुग्यो ? मन्त्रिपरिषद्को सम्पत्ति विवरण किन लुकाइएको हो ? मन्त्रिपरिषद् बैठकले नै सम्पत्ति विवरण सार्वजनिक गर्ने भनेर मन्त्रिपरिषद् बैठकले नै गरिसकेको छ । किन त्यो कार्यान्वयन नगर्नुभएको हो ?’

बैठकमा पुगेका प्रचण्डलाई उपस्थित सांसदले एनसेल प्रकरण तपाईँकै परिवार संलग्न रहेको भन्ने विषय बाहिर आएको छ नि भन्दै प्रश्नसमेत गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।