नेभिगेशन
सबै कुरा

‘दुई सिफ्टमा काम गराएर भएपनि २८ दिनमा मेलम्चीको पानी काठमाडौँ झार्छौँ : मेलम्ची विकास समिति

काठमाडाैँ : सरोकारवाला निकायको लापरवाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै काठमाडौँवासी आन्दोलित बनेपछि मेलम्ची खानेपानी विकास समितिले २८ दिनभित्र पानी काठमाडौँमा ल्याइसक्ने बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 मेलम्ची खानेपानी विकास समितिले एक विज्ञप्ति जारी गर्दै दुई सिफ्टमा काम गराएर भएपनि २८ दिनमा मेलम्चीको पानी काठमाडौँमा झार्ने बताएको छ ।

Ncell
Extreme Energy

‘तत्काल निर्माण व्यवसायीलाई साइडमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको छ । निर्माण व्यवसायी सिनोहाइड्रो मार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको छ, सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार जनशक्ति परिचालन गरी पानी पथान्तरणको काम हुनेछ ।’, विज्ञप्तीमा भनिएको छ ।

असार ७ गते मेलम्ची खोलामा आएको बाढीका कारण बन्द भएको मेलम्चीको पानी मर्मत र सरसफाई गर्ने जिम्मा पाएको निर्माण कम्पनीले काम अघि नबढाउँका पानी काठमाडाैँ झरेको छैन । सोही कारण काठमाडौँबासीले आन्दोलन थालेपछि विकास समितिले २८ दिनभित्र काठमाडौँमा पार्नी झार्ने प्रतिबद्धता गरेको हो । 

त्यस्तै पथान्तरणपछि मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध हुने समेत समितिले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...