नेभिगेशन
समाज

सुदूरपश्चिममा बदलिएको समीकरणः रास्वपाले दश सिट जित्दा कांग्रेस–एमालेले बीउ जोगाए, नेकपा शून्य

काठमाडौँ । फागुन ६ गते धनगढीमा रास्वपाले आयोजना गरेको आमसभामा वरिष्ठ नेता बालेन शाहले भनेका थिए–'सुदूर अब दूर नाईँ झिक्कै झिक्कै माया तम्लाई'। त्यसमै सही थापे रास्वपा सभापति रवि लामिछानेले । रवि र बालेनले सुदूरपश्चिमप्रति जति माया देखाए, त्यति नै माया सुदूरपश्चिमेलीले रास्वपालाई दर्शाए ।

फागुन २१ को मतदानमा सुदूरपश्चिमका १६ मध्ये १० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भए । अघिल्ला सबैजसो चुनावमा अधिकांश क्षेत्र जित्दै आएको नेपाली कांग्रेसले तीन सिटमा खुम्चियो, आफूलाई प्रतिस्पर्धी ठान्ने एमालेको भागमा पनि ३ सिट नै पर्‍यो । प्रचण्ड नेतृत्वको नेकपाले त खाता पनि खोलेन । जिल्लागत रुपमा कस्तो देखियो त चुनावी नतिजा एक पटक नियालौं ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कैलाली र कञ्चनपुरमा रास्वपाको ‘क्लिन स्वीप’
गएको निर्वाचन २०७९ मा एक सिट पनि नजितको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा समेत निकै कम पाएको थियो । तर यस पटक रास्वपाले शानदार पुनरागमन गरेको छ । उसले सुदूरपश्चिमका १६ सिटमध्ये १० सिटमा विजय हासिल गरेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार कोमल ज्ञवाली निर्वाचित भएकी छन् ।

Ncell
Extreme Energy

१७ हजार आठ सय २६ मत ल्याएर रास्वपा उम्मेदवार ज्ञवाली निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई ४ हजार ९ सय ५९ मतान्तरले पराजित गरिन् । काँग्रेसका चौधरीले १२ हजार आठ सय ६७ मत ल्याए ।कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार केपी खनाल निर्वाचित भए । खनालले १९ हजार ५७ मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार पतिराम चौधरीले ११ हजार ९ सय ४९ मत प्राप्त गरे । मतान्तर ७ हजार १ सय ८ रह्यो ।

त्यस्तै, कैलाली–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार जगतप्रसाद जोशी निर्वाचित भए । जोशी २० हजार ३ सय ५९ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वीरमान चौधरीलाई ८ हजार ३ सय ७६ मतान्तरले पछि पारे । चौधरीले ११ हजार ९ सय ८३ मत ल्याए ।

कैलाली–४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खेमराज कोइराला निर्वाचित भए । कोइरालाले २८ हजार पाँच सय ५६ मत पाउँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका गोरखबहादुर विष्ट १७ हजार २ सय ५५ मतान्तरले पछि परे । उनले जम्मा ११ हजार १ सय १ मत पाए । कैलाली–५ पनि रास्वपाकै पोल्टामा पर्यो । रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९ सय ५३ मतसिहत निर्वाचित हुँदा कांग्रेसका नरनारायण शाह १९ हजार ९ सय ९५ मतान्तरले पराजित भए । शाहले जम्मा११ हजार ९ सय ५८ मत ल्याए ।

त्यस्तै कञ्चनपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जनक धामी २४ हजार ३ सय ३२ मत ल्याएर निर्वाचित हुँदा नेकपाकी बिना मगर १३ हजार २ सय २२ मतले पछि परिन् । कञ्चनपुर–२ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका दीपकराज बोहरा ३३ हजार ९ सय ५२ मतसहित विजयी हुँदा कांग्रेसका एनपी साउदसँग मतान्तर २३ हजार १ सय २५ रह्यो । साउदले जम्मा १० हजार ८ सय २७ मत ल्याए । कञ्चनपुर–३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै ज्ञानेन्द्र सिंह महता निर्वाचित भए । २७ हजार १ सय १८ मत ल्याएर महता निर्वाचित हुँदा कांग्रेसका हरिप्रसाद बोहरालाई १७ हजार ६ सय ७५ मतान्तरले पछि पारे ।

२०४८ सालदेखि २०७९ सम्म कांग्रेसका तत्कालीन सभापति शेरबहादुरले जितिरहेको डडेलधुरामा यसपालि रास्वपाले बाजी मार्‍यो । रास्वपाका डा. ताराप्रसाद जोशी १९ हजार १ सय ३१ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका नैन सिंह महरले जम्मा १२ हजार १ सय २१ मत पाए ।  एक मात्र निर्वाचन क्षेत्र रहेको अर्को जिल्ला बैतडीमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि मोहन भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । भण्डारीले ३ हजार ९ सय ४० मतान्तरले कांग्रेसका चतुरबहादुर चन्दलाई पराजित गरे ।

३ सिटमा खुम्चिएको कांग्रेस
गएको प्रतिनिधिसभा निर्वाचन २०७९ मा सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये कैलालीका ४ र ५, कञ्चनपुरका २ र ३, अछाम–२, डडेलधुरा, दार्चुला, बाजुरा गरी ८ सिट जितेको कांग्रेसले यसपालि लज्जास्पद हार बेहोर्नु पर्‍यो । कांग्रेसले जम्मा तीन सिटमा चित्त बुझाउनु पर्यो । बाजुरामा कांग्रेसका जनकराज गिरी १७ हजार १ सय ७३ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार लालबहादुर थापा ५ सय ४० मतान्तरले पछि परे ।

त्यस्तै अछाम–१ कांग्रेसका भरतकुमार स्वाँर १० हजार ७ सय ५९ मत ल्याएर निर्वाचित हुँदा नेपाली कम्युनिस्ट पार्टीका भीमबहादुर रावल ५ सय २६ मतान्तरले पराजित भए । यो चुनावबाट राष्ट्रिय राजनीतिमा पुनरागमन गर्ने रावलको योजना पुरा हुन पाएन । एक मात्र क्षेत्र रहेको अर्को जिल्ला डोटीमा कांग्रेसका भरतबहादुर खड्काले १४ हजार ८ सय ९७ मतसहित जित निकाल्दा एमालेका दीपकबहादुर धामी ७ सय ८७ मतले पछि परे ।

एक सिट थप्यो एमालेले
गएको निर्वाचनमा प्रत्यक्षतर्फ बैतडी र कञ्चनपुर–१ गरी जम्मा दुई क्षेत्र जितेको एमालेले यसपालि भने एक सिट थप्यो । दाचुर्लामा एमालेका गणेशसिंह ठगुन्ना १८ हजार ८ सय ११ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका धर्मानन्द जोशी ३ हजार ५५ मतान्तरले पराजित भए । त्यस्तै अछाम–२ मा एमालेका यज्ञबहादुर बोगटी ९ हजार ५ सय १८ मत पाएर चुनिँदा कांग्रेसका पुष्पबहादुर शाह ४ सय ७२ मतले पछि परे । त्यस्तै बझाङमा एमालेका ऐनबहादुर महरले १८ हजार ४ सय ४३ मत ल्याएर संसदको यात्रा तय गर्दा कांग्रेसका प्रकाश रसाइली स्नेही २ हजार २ सय ३९ मतान्तरले पराजित भए ।

नेकपा र नाउपालाई हात लाग्यो शून्य 
२०७९ मा प्रत्यक्षतर्फ कैलालीका पाँचमध्ये तीन क्षेत्र जितेको नागरिक उन्मुक्ति पार्टीले यस पटक एक सिट पनि जित्न सकेन । पार्टी भित्रको आन्तरिक कलह र पति–पत्नीबीचको घर झगडाको असर नाउपाले चुनावमा भोग्नु पर्‍यो । नाउपाका संरक्षक रेशमलाल चौधरी छुट्टै पार्टी नागरिक उन्मुक्ति पार्टी, नेपाल गठन गरेर चुनावमा होमिँदा उनकी पत्नी रञ्जिता श्रेष्ठले भने साविकको नागरिक उन्मुक्ति पार्टीलाई नेकपामा समाहित गरिदिइन् । थारु समुदायको मुद्दा र अधिकारलाई सशक्त पार्दै उदय भएको नाउपाको नारा यसपालि बिकेन ।

नाउपा मात्रै होइन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले समेत यसपालि सुदूरपश्चिमका कुनै क्षेत्रमा जित निकाल्न सकेन । अधिकांश क्षेत्रमा प्रतिस्पर्धामा समेत देखिएन । सुदूरपश्चिम त्यही प्रदेश हो जहाँ अघिल्लो चुनावमा समेत प्रचण्ड नेतृत्वको माओवादीले एक सिट पनि जितेको थिएन। बरु अहिले नेकपामै समाहित भएको तत्कालीन नेकपा एकीकृत समाजवादीले अघिल्लो चुनावमा ३ सिट जितेको थियो ।

अघिल्लो चुनावको तुलनामा यसपालिको चुनावले देशभरकै परिणाम उलटफेर गरिदिएको छ । त्यसैको असर सुदूरपश्चिममा पनि पर्‍यो । सुदूरपश्चिमका मतदाताले परिवर्तन चाहेका छन् भन्ने तथ्य पछिल्लो चुनावको परिणामले पनि स्पष्ट पारिदिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न तथा नयाँ रोजगारी सिर्जना गर्न कम्पनीहरूलाई आग्रह गरेका थिए । “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको...
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।
कांग्रेसले के के गर्यो निर्णय ?

कांग्रेसले के के गर्यो निर्णय ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले पूर्वतयारी नगर्दा देशभर खाना पकाउने ग्यासको अभाव भएको निष्कर्ष निकालेको छ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।