नेभिगेशन
सबै कुरा

रवि लामिछानेद्वारा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको राजीनामा माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धर्मको नाममा अराजक अभिव्यक्ति दिएको भन्दै उनले जिम्मेवार पदमा रहेर साम्प्रदायिक विद्वेष फैलाउन नमिल्ने बताएका छन् । 

Ncell
Extreme Energy

सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै उनले भनेका छन्, ‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ, यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’

संविधानको गलत व्याख्या गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले क्रिश्चियन धर्मको प्रचार गरेपछि विवादमा परेका छन् ।

काठमाडौँमा आयोजित क्रिश्चियन महोत्सवमा बोल्दै मन्त्री किराँतीले क्रिश्चियन नमान्नेहरूले संविधान नमान्ने र संविधान नमान्नेहरू देशद्रोही भएकाले हतकडी लगाएर जेलमा हाल्नु पर्ने अभिव्यक्ति दिएका थिए ।

उनले भनेका छन् ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो '।

क्रिश्चियन 'पास्टर'को शैलीमा मन्त्री किराँतीको भ्रमपूर्ण अभिव्यक्ति, 'क्रिश्चियन नमान्ने देशद्रोही हुन, जेल हाल्ने हो'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।