नेभिगेशन
सबै कुरा

रवि लामिछानेद्वारा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको राजीनामा माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धर्मको नाममा अराजक अभिव्यक्ति दिएको भन्दै उनले जिम्मेवार पदमा रहेर साम्प्रदायिक विद्वेष फैलाउन नमिल्ने बताएका छन् । 

Ncell
Extreme Energy

सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै उनले भनेका छन्, ‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ, यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’

संविधानको गलत व्याख्या गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले क्रिश्चियन धर्मको प्रचार गरेपछि विवादमा परेका छन् ।

काठमाडौँमा आयोजित क्रिश्चियन महोत्सवमा बोल्दै मन्त्री किराँतीले क्रिश्चियन नमान्नेहरूले संविधान नमान्ने र संविधान नमान्नेहरू देशद्रोही भएकाले हतकडी लगाएर जेलमा हाल्नु पर्ने अभिव्यक्ति दिएका थिए ।

उनले भनेका छन् ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो '।

क्रिश्चियन 'पास्टर'को शैलीमा मन्त्री किराँतीको भ्रमपूर्ण अभिव्यक्ति, 'क्रिश्चियन नमान्ने देशद्रोही हुन, जेल हाल्ने हो'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...