नेभिगेशन
समाज

पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पिकप जीप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका–१ का ३६ वर्षीय खिलेश्वर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठकुरीका अनुसार आर्यभञ्ज्याङबाट बर्तुङतर्फ आउँदै गरेको लु१च ३७४० नम्बरको  पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु८४प ४३४८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा मगर गम्भीर घाइते भएका थिए । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।

Ncell
Extreme Energy

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक मगर हाल बुटवल उपमहानगरपालिका–८ सुक्खानगरमा बस्दै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।