नेभिगेशन
सबै कुरा

क्रिस्चियनलाई मान्दिन भन्नेलाई जेल हाल्नुपर्छ भन्ने मन्त्री किरातीले दिए स्पष्टीकरण

काठमाडौँ : बुधबार काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दिएको एक अभिव्यक्तिले चौतर्फी आलोचित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  सुदन किराँतीले आफू सबै धर्म मान्नेको अभिभावक भएको स्पष्टीकरण दिएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै उनले आफू सबै धर्म मान्नेको अभिभावक भएका कारण आफूले सबैलाई मिलाएर एकताको सुत्रमा बाँध्नुपर्ने बताएका हुन् । ‘संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं । अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेरो जोड हो ।’, उनले लेखेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले आफूले गरेका कामलाई लिएर पनि विभिन्न सयमयमा विभिन्न प्रकारका धार्मिक आरोप लागेको बताएका छन् । ‘भन्‍नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने,’ उनले भनेका छन्, ‘फेरिपनि भन्छु, अहिले म सबैको अभिभावक हुँ। त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ।’

उनले आफूले बोलेको विषयलाई लिएर बहस सिर्जना गर्ने धन्यवाद दिएका छन् । 

मन्त्री किराँतीले भाषण गर्ने क्रममा भनेका थिए, ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोह गर्छ भने त्यस्तालाई हतकडी लगाएर जेलमा हाल्नुपर्छ।’ 

उनको यहि अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।