नेभिगेशन
सबै कुरा

क्रिस्चियनलाई मान्दिन भन्नेलाई जेल हाल्नुपर्छ भन्ने मन्त्री किरातीले दिए स्पष्टीकरण

काठमाडौँ : बुधबार काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दिएको एक अभिव्यक्तिले चौतर्फी आलोचित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  सुदन किराँतीले आफू सबै धर्म मान्नेको अभिभावक भएको स्पष्टीकरण दिएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै उनले आफू सबै धर्म मान्नेको अभिभावक भएका कारण आफूले सबैलाई मिलाएर एकताको सुत्रमा बाँध्नुपर्ने बताएका हुन् । ‘संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं । अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेरो जोड हो ।’, उनले लेखेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले आफूले गरेका कामलाई लिएर पनि विभिन्न सयमयमा विभिन्न प्रकारका धार्मिक आरोप लागेको बताएका छन् । ‘भन्‍नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने,’ उनले भनेका छन्, ‘फेरिपनि भन्छु, अहिले म सबैको अभिभावक हुँ। त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ।’

उनले आफूले बोलेको विषयलाई लिएर बहस सिर्जना गर्ने धन्यवाद दिएका छन् । 

मन्त्री किराँतीले भाषण गर्ने क्रममा भनेका थिए, ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोह गर्छ भने त्यस्तालाई हतकडी लगाएर जेलमा हाल्नुपर्छ।’ 

उनको यहि अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...